Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहको उमेर घटाउने तयारीमा सरकार

  |      13:29:00   |  
विवाहको उमेर घटाउने तयारीमा सरकार

चैत ११ काठमाडौं । सरकारले विवाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकका अनुसार विवाह गर्ने उमेरसम्बन्धी कानुन संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् । 

गृहमन्त्री लेखकले विवाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको जानकारी दिए । उनले विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो जुलियट कानुन ल्याउने भन्नेबारे सरकार छलफलमा रहेको बताए ।
‘रोमियो जुलियट ल’ मा १६ देखि १८ वर्षबीचको उमेरमा शारीरिक सम्बन्ध भएमा प्रेम सम्बन्धका रुपमा व्याख्या गरी कानुनी मान्यता दिने अभ्यास विभिन्न देशमा भइरहेको गृहमन्त्रीको भनाइ थियो । ‘मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर हामी छलफल गरिरहेका छौँ । संसदीय समितिको पनि धारणा त्यसअनुरुप आएको हुनाले अब यसमा दुई वटा उपाय छन्, उनले भने, एउटा विवाहको उमेर घटाउने कुरा छ, यसलाई १८ मा लैजाऔँ भन्नेकुरा छ र अर्को अन्तर्राष्ट्रिय अभ्यास अनुसार रोमियो जुलियट ल ल्याउने हो । धेरै ठाउँमा त्यो कानुनलाई कार्यान्वयन गरिएको छ । रोमियो जुलियट ल ले के भन्छ भने जस्तो १८ वर्षको विवाहको उमेर तोक्यो मानौँ, १६ वर्ष र १८ वर्षको बीचमा पनि उनीहरूको शारीरिक सम्बन्ध भयो भने त्यसलाई पनि रेप आदि इत्यादि मान्न मिल्दैन, यो त माफी दिन सकिने कुरा हो, एउटा प्रेम सम्बन्धले त्यो ठाउँमा पुर्‍यायो भन्ने खालको अवधारणा रोमियो जुलियट ल मा छ र केही देशले यो कार्यान्वयनमा ल्याएका छन् ।’ हाल विवाह गर्ने उमेर २० वर्ष हुनुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै, गृहमन्त्री लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए । थुनुवा तथा कैदीबन्दीहरूमाथि कुनैपनि मानवअधिकार हनन हुने कार्य सरकारले नगर्ने प्रतिबद्धता उनको थियो । ‘कुनैपनि हिरासतको मानिस थुनुवा, कैदीबन्दीलाई कुनै अमानवीय व्यवहार गर्ने, निर्मम व्यवहार गर्ने, अथवा मानवअधिकारको हनन् गर्ने ढंगले काम गर्ने कुरा हुँदैन त्यसको ग्यारेन्टी हामी गर्छौँ, सरकारले ग्यारेन्टी गर्छ,उनले भने ।

लेखकले कुनैपनि व्यक्तिको मानवअधिकार हनन राज्यबाट नहुने बताए । कारागारको भौतिक क्षेत्रको सुधार गरिने र थप कारागार निर्माण गर्ने पनि उनले बताए । हिरासतमा रहेका मानिस, कारागारमा थुनुवाका रुपमा रहेका वा कैदीबन्दीका रुपमा रहेका मानिसको मानवअधिकारको पूर्ण सुरक्षा गरिन्छ, त्यसका बारेमा हामी गम्भीर छौँ, सचेत छौँ र गर्छौँ,’ उनले भने । कानुन समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने लेखकले प्रतिबद्धता जनाए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement