वैशाख २४,काठमाडौं । केपिलासगढी गाउँपालिकामा विपन्न महिलाको प्रगतिका लागि ग्रामीण महिला नवउद्यम र अनुदान कार्यक्रम सुरु भएको छ। गरिब र कमजोर आर्थिक अवस्थाका नागरिकको आयआर्जन बढाउने उद्देश्यले जी फाउन्डेसनको सहयोगमा यो कार्यक्रम सञ्चालनमा आएको हो।
कार्यक्रमका लागि केपिलासगढी गाउँपालिका र जी फाउन्डेसनबीच सम्झौता भएको छ। फाउन्डेसनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोट भएका छन्।
छनोट भएका उद्यमीले कृषि उपज, सागसब्जी खेती र पशुपन्छी उत्पादनजस्ता उद्यम गर्नुपर्नेछ। फाउन्डेसनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने बताएको छ। साथै, नयाँ उद्यम दर्ता, कृषि र पशुपन्छीपालनका लागि बीउ पुँजी, प्राविधिक सहयोग र परामर्श प्रदान गरिने दीक्षितले बताए।