Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारले तोक्यो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति

  |      13:18:00   |  
सरकारले तोक्यो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति

वैशाख ८ काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ ।

उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा।डा। श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा।डा। पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा।डा। संजीव शर्मालाई दिइएको छ ।
निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।

चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो ।

यसअघि पोखरामा पोखरामा प्रा।डा। डुकबहादुर क्षेत्री, धरानमा डा। ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा। मंगल रावल र पाटनमा प्रा।डा। राजेशनाथ गंगोल उपकुलपति थिए ।

चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement