Advertisement
Advertisement
Advertisement
Advertisement

रोल्पामा चट्याङले किशोरीको मृत्यु, विद्यालयको छानो उडायो

  |      15:15:00   |  
रोल्पामा चट्याङले किशोरीको मृत्यु, विद्यालयको छानो उडायो

चैत २८ काठमाडौं । चट्याङ पर्दा रोल्पामा एक किशोरीको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।

सुनिल स्मृति गाउँपालिका– ५ काप्जिङमा चट्याङ पर्दा १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहले बताए।

रोल्पा नगरपालिका – १० कुटिवाङमा पनि घर रहेकी धनमाया आफन्तको साथमा गोठ गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो।

त्यस्तै चट्याङबाट सुनिलस्मृति – ५ कै १५ वर्षीय नवीन खत्री घाइते भएका छन्।

मध्यम अवस्थाको उनको स्वास्थ्य चौकी कालीगाउँ रोल्पामा उपचार जारी छ। चट्याङ पर्दा स्थानीय टीकाबहादुर घर्तीका १३ वर्षीया छोरी लिला घर्ती पनि घाइते भएकी छन्।

उनको स्वास्थ्य सुधार हुँदै गएको प्रहरीले बताएको छ। चट्याङबाट घर्तीका घरका दुई वटा बाख्रा पनि मरेका छन्।
त्यो क्षेत्रमा गएराति ठूलो हावाहुरीसहित पानी परेको थियो। हावाहुरीले रुन्टीगढी गाउँपालिका वडा नं। ५ हापखोलाको बालकल्याण प्राबिको जस्ता पाताको छाना उडाइदिएको छ। छानो उडाएर पाँच मिटर टाढा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ। छानो उडाएपछि विद्यालयका सबै कागजजात पानीले भिजेर काम नलाग्ने भएका छन्।

जिल्लाको सुनछहरी गाउँपालिका – ३ कुलबहादुर बुढाको घरमा चट्याङबाट क्षति पुगेको छ।
ढुँगामाटो र जस्ता पाताको छानो भएको घरमा चट्याङ पर्दा गाह्रो चर्किएको छ। सोलार प्यानल, ब्याट्री तथा साउन्ड बक्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement