Advertisement
Advertisement
Advertisement
Advertisement

मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या

  |      10:19:00   |  
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या

 वैशाख ४ काठमाडौं । ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
चैत २९ मा खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव फेला परेको थियो ।

बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्थे । डेरा सरेपछि छुटेको लुगा लिन जाँदा १५ वर्षका दाजुले दुर्गाको हत्या गरेका हुन् ।
डेरामा बस्न आएको अर्को परिवारले सफा गर्दा ट्याङ्कीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार चैत ४ गते साँझ ९ बजेर ४१ मिनेटमा दाजु–बहिनी सो घरमा आफ्नो लुगा लिन जान्छन् । एक जना अधिकृतले भने, ‘दाजु–बहिनी कुरा गर्दै उक्त घर (घटनास्थल) मा गएको सीसीटीभी फुटेजमा देखिन्छ ।’
घरमा अँध्यारो थियो । लुगा उठाएर मैनबत्ती बालेर दाजु–बहिनी भुइँतलातर्फ झर्दै गर्दा मैनबत्ती निभ्छ । प्रहरी स्रोतका अनुसार मैनबत्ती दाजुले बोकेका थिए । मैनबत्ती निभेपछि बहिनीले दाजुलाई ‘किन निभाएको रु’ भनेर सोध्छिन् ।

दाजुले ‘मैनबत्ती भुइँमा खस्यो’ भनेर जवाफ दिन्छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बहिनी अगाडि र दाजु पछाडि भएर ओर्लिँदै थिए ।

मैनबत्ती निभाएको भनेर बहिनीले दाजुलाई हातले हिर्काउँछिन् । त्यसपछि त्यहीँ रहेको नाइलनको डोरीले घाँटी कसेर १५ वर्षीय किशोरले बहिनीको हत्या गरेको प्रहरीको भनाइ छ ।

पछाडिबाट बहिनीको घाँटीमा डोरी लगेर कसेको आरोपितले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । एसपी नरहरि अधिकारी भन्छन्, ‘कालो रङको नाइलनको डोरीले कसेर हत्या गरेको खुलेको छ ।’

घाँटीमा डोरीले कसेपछि दुर्गा ढलिन् । किशोर त्यहाँबाट कपडा बोकेर फर्किए । त्यसपछि उनी कृष्ण मन्दिरमा पुगे, जहाँ उनकी आमाले चिया बेचिरहेकी थिइन् । बोहरा परिवार खपिन्छेबाट नजिकै ललितपुर महानगरपालिका–१२ स्थित घरमा सरेका थिए । उनीहरूका बुवा ठमेलमा सुरक्षा गार्डको जागिर खान्छन् ।

राति घरमा गएर आमाछोरा सुते । बहिनी घर नफर्केपछि आमाले सोधखोज गरिन् । भोलिपल्ट दिनभर आरोपित डेरमै बसे । साँझ ५ बजेतिर बुवा ठमेलबाट डेरामा आए । चैत ५ मा साँझ ९ बजेतिर आरोपित किशोर डेराबाट निस्किएर साथीकहाँ गए । उनी त्यो रात साथीकोमै बसे ।

दुई दिनपछि शव व्यवस्थापन
चैत ६ मा आरोपित बिहानै सो घरमा पुगे । बहिनी मृत अवस्थामा पल्टिरहेकी थिइन् । आरोपितले माथिल्लो तलाबाट भुइँ तलामा शवलाई ल्याएर ट्याङ्कीभित्र हाले । त्यसपछि माथिबाट पुरानो कार्पेटले छोपे । डेरा सर्दा पुरानो कार्पेट उनीहरूले नै त्यहाँ छाडेका थिए ।

ट्याङ्कीमा शव लुकाएको दुई दिनपछि उनी फेरि घटनास्थलमा गएर ढोकामा ताला लगाइदिए । घरधनी सो घरमा बस्दैनन् । डेरामा बस्न गएको अर्को परिवारलाई कोठा देखाउन खोज्दा नखुलेपछि घरधनीले फुटालेर डेरा देखाएका हुन् ।

हत्याको कारणबारे अनुसन्धान अधिकृतहरूसँग आरोपितले भनेका छन्, ‘मैले केही सोच्नै सकिनँ । बहिनी ढलेको देखेपछि मलाई आत्महत्या गर्ने सोच आयो ।’

आरोपित लागुऔषध प्रयोगकर्ता समेत हुन् । सो परिवार बझाङको सुर्मा घर भएर ललितपुरमा बस्दै आएका थियो । कक्षा २ मा पढ्ने बहिनीको ‘केयर’ गर्ने जिम्मा परिवारका सदस्यले आरोपित ९कान्छो छोरा०लाई नै दिएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement