Advertisement
Advertisement
Advertisement
Advertisement

भीमा गुरुङ मृत्यु प्रकरण : एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने

  |      13:09:00   |  
भीमा गुरुङ मृत्यु प्रकरण : एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने

 वैशाख ४ काठमाडौं । एक वर्षअघि (०८० चैत्र २९) कर्णाली प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीका कारण मृत्यु भएकी २२ वर्षीय भीमा ९रिजुका० गुरुङ बलामीको विषयलाई लिएर परेको रिटमा सुर्खेत जिल्ला अदालतले एक वर्षपछि फैसला गरेको छ । 
मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले रातोपाटीलाई बताए । 

अधिवक्ता शेरबहादुर खत्रीको रोहबरका भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै रिट दायर गराएका थिए ।
उनले उपचारका क्रममा भएको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट नै मृत्यु भएको भन्दै क्षतिपूर्ति भराई पाउँ भनेर रिट दिएका थिए । त्यसको ठिक एक वर्षपछि बुधबार न्यायाधीश दीपक ढकालले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला गरेका हुन् । 
यस्तो छ घटनाको नालीबेली     

पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीय भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । 

८० चैत्र २९ गते बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । 

पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदियो । 

भीमाका आफन्त बाहिर बसिरहेका थिए, एक्कासि डाक्टरले शव बुझ्न भनिदिए । त्यसपछि परिवारहरू चकित परे । ‘हिँडेर अस्पताल गएकी भीमाको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन,’रिट दायरकर्ता भीमाका जेठाजु धनबहादुर मगर भन्छन् ।

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरे । 

भीमाको मृत्यु भएसँगै अस्पताल परिसर २० दिनसम्म तनावग्रस्त बन्यो । भीमाको ७ महिने दुधे छोरी थिइन् । सामान्य पेट दुखाई सम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीकै कारण मृत्यु भएको पीडित परिवारको उनीहरूको भनाइ थियो । भीमाको शव झण्डै एक महिनापछि मात्रै अस्पतालबाट लिएर जलाएका थिए, परिवारले ।

पीडित परिवारले उचित क्षतिपूर्तीसहित छानबिनको माग गर्दापनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि उनीहरू अदालत गएका थिए । प्रदेश अस्पतालमा यस्ता थुप्रै घटनाहरू घट्दै आएपनि अनुसन्धान हुने गरेको थिएन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement