Advertisement
Advertisement
Advertisement
Advertisement

भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ

  |      17:00:00   |  
भाटभटेनी लुटपाट गर्ने ९ जना पक्राउ

चैत १७ काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।

नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड भएको थियो। सोही अवसरमा केही व्यक्तिहरू लुटपाटमा संलग्न भएको आरोपमा फरार रहेका थिए।

प्रहरीका अनुसार १६ र १७ चैतमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरूमा धनुषा, सर्लाही, नुवाकोट, सिन्धुली, सुनसरी लगायत विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्। उनीहरूबाट मदिरा, लत्ताकपडा, कस्मेटिक्स सामग्री लगायतका सामानहरू बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा आशिष सिंह (धनुषा)  प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार) सुशिला कुमाल (नुवाकोट) एलिसा राई (सुनसरी) बालकुमारी कार्की (काठमाडौं)  निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन्।

प्रहरी उपरीक्षक अंगुर जिसीले थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement