Advertisement
Advertisement
Advertisement
Advertisement

भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु

  |      13:26:00   |  
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु

वैशाख १४ काठमाडौं ।  सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।
भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।
‘सुत्केरी पोषण झोला’ कार्यविधि पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडीनयुक्त नुन, दुधबर्दक चुर्ण र मालिस तेल रहेका छन् ।
पोषण कार्यक्रमले महानगरद्धारा सञ्चालित बर्थिङ सेन्टर र सरकारी स्वास्थ्य अस्पतालमा बच्चा जन्माउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम संञ्चालन गरिएको बताइन् ।
गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिइन् ।
विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण रहने उनले उल्लेख गरिन्।

महानगरद्धारा सञ्चालित ५ वटा बर्थिङ सन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको मेयर दाहालले बताइन् ।
यी बर्थिङ सेन्टरबाट वार्षिक २ सय जना आमाले बच्चा जन्माउने गरेका छन् ।  
सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । 
बच्चा जन्माएर घर फर्कने क्रममा बच्चालाई न्यानो झोलासहित पोषण झोला समेत प्रदान गरिने शाखाका प्रमुख सुवेदीले जानकारी दिए । यो कार्यक्रम अब नियमित रुपमा संञ्चालन हुने छ ।  कार्यबिधि अनुसार बच्चा जन्मिएको ४५ दिन भित्र जन्मदर्ता गराई बर्थिङ सेन्टरमा निवेदन दिनु पर्नेछ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ललितमान तामाङ, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा।भोजराज अधिकारी मन्तव्य राखेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement