Advertisement
Advertisement
Advertisement
Advertisement

बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ

  |      16:05:00   |  
बेवारिसे सडक मानवको सहयोगार्थ महायज्ञ

चैत २१ काठमाडौं । सडकमा अलपत्र परेका, अनाथ, असह्य एवं बेवारिसे सडक मानवको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्दै आएको मानव कल्याण समाज भक्तपुरद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ।

महायज्ञको शुभारम्भका क्रममा आज राधेराधेस्थित महायज्ञस्थलबाट सुरु भएको कलश यात्रा मध्यपुरथिमिको वडा नं ५ देखि ९ सम्मको विभिन्न क्षेत्रको परिक्रमा गरी महायज्ञस्थलमा आएर समापन भएपछि पण्डित दीनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले शुभारम्भ गरेका छन्।

समाजले हाल भक्तपुरको झौखेलमा एउटा टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालनपोषण गर्दै आएको छ। समाजका सचिव विजयकुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौँको पशुपति, काभ्रेको पनौती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरी ५०५ जनालाई खाना, नाना, छाना, स्वास्थ्य उपचारसहितको सेवा दिँदै आएको छ।

दुई हजार १०० सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुनस्र्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी सुमि मानवले बताए। भक्तपुरबाट सुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भए पनि भक्तपुरमा भाडाको साँघुरो घरदेखि सोवादिन कठिनाइ भएपछि महायज्ञमार्फत सहयोग सङ्कलन गरेर स्थायी बसोबासको व्यवस्था मिलाउन लागिएको अध्यक्ष मानवले बताए।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसँगै सुरु भएको महायज्ञ २७ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक गोपी न्यौपानेले बताए।

“२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरूलाई चाउचाउ, बिस्कुट तथा पानी बाँड्ने अभियानबाट सेवाको सुरुआत गरेका थियौँ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यवस्था गरेका छौँ”, अध्यक्ष मानवले भने, “समाजले अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठनपाठन र सँगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले दुई हजार १०० सडक मानव तथा बेवारिसे मानवको उद्धार गरिसकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नुभयो, कतिलाई पारिवारिक पुनर्मिलन गरायौँ, यो दायित्वलाई स्थायित्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ।”


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement