Advertisement
Advertisement
Advertisement
Advertisement

बुटवलमा श्रमिकलाई नगदसहित सम्मान

  |      10:56:00   |  
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान

वैशाख १८,काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमका बिच बुधबार बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ई रिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान गरेको हो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले चर्को घाम,चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गतबर्षदेखि सम्मान गर्न थालेको बताए ।
श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै नगर प्रमुख पाण्डेयले श्रमिकहरूलाई  वास्तविक रूपमै श्रमको सम्मान गर्ने बताए । बुटवल उपमहानगरपालिकाले पात बेच्ने,मकै पोल्ने र ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिका श्रमिकको पक्षमा,काम गरेर खानेहरूको पक्षमा र कृषकको पक्षमा रहेको भन्दै उनले उपमहानगरपालिकाले सीप सिकेर स्वरोजगार बन्न चाहने नगरवासीहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमहरू समेत प्रदान गर्दै आइरहेको छ । 
उपप्रमुख सावित्रीदेवी अर्यालले स्थानीय सरकार श्रमिक वर्गको साथमा छ भन्ने अनुभूति गराउन बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि मकै पोल्ने, पात बेच्ने र ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको भन्दै आगामी दिनमा गिट्टी कुट्ने श्रमिकहरूलाई पनि समेट्ने प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement