Advertisement
Advertisement
Advertisement
Advertisement

बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार प्रोत्साहन

  |      13:50:00   |  
बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार प्रोत्साहन

चैत २६ काठमाडौं । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि जिल्लाको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ। यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो।

आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११ हजार सहयोग गर्ने निर्णय गरेको थियो।

पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताए। मधेसका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

कक्षा ७/८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताइन्। बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ।

गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताइन्। मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ, उनले भनिन्, विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारको प्रोत्साहन रकम दिनुभयो। परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन। सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु।

दुई दिदीमध्ये एक जना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढेकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ। म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु,उनले भनिन्, पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ।गाउँपालिकाले आफ्नो योजनामा सहयोग गरिरहेको उनले बताइन्।

सबनमकुमारी चौधरी बहुमुखी क्याम्पस बयलबासमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहेकी छिन्। पालिकाले पठनपाठनलाई निरन्तरता दिन चाहने छोरीका लागि प्रोत्साहन योजना ल्याएपछि उच्च शिक्षा पढ्न सजिलो भएको उनले बताइन्। पठनपाठनको आर्थिक बोझ नहुने भएपछि परिवारले सहयोग गर्न थाल्नुभएको छ। क्याम्पस भर्ना गर्न लिएको ऋण पालिकाले दिएपछि परिवारलाई पनि सहज भएको छ,उनले भनिन्।

चन्द्रनगर गाउँपालिका-३ निवासी पूजाकुमारी साहले पालिकाको सहयोगमा आफ्नो पढाइलाई निरन्तरता दिएको बताइन्। बीस वर्षमा कक्षा १२ को परीक्षा दिएर विवाह गरेकी उनलाई गाउँपालिकाले रु ५० हजार प्रोत्साहन रकम दिएको थियो।

उनी जस्तै चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका दुई सय १० जना सम्मानित भइसकेका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उनले जानकारी दिए।

चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पुर्‍याएको अध्यक्ष महतोले विश्वास व्यक्त गरे।अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ, उनले महतोले भने, यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ। यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ।

अभियानपछि समाजमा छोरी पढाउनुपर्छ, बालविवाह गर्नुहुन्न भन्ने चेतनास्तर वृद्धि हुँदै गएको अध्यक्ष महतोले बताए। एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो। त्यसैले ‘छोरी पढाऊ, छोरी बचाऊ’ भन्ने नारालाई आत्मसात गर्दै कार्यकालको सुरुदेखि योजना लागू गरेका हौँ, उनले भने। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement