Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

  |      16:36:00   |  
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

वैशाख १५ काठमाडौं । भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले आइतबार जेल परिसरभित्रै पीडितसँग विवाह गरेका छन् । 
विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको उपस्थिति थियो । कोडालास्थित उपकारागार परिसरमा भव्य उत्सवको वातावरण बनेको थियो ।जिल्लाको पोलासरा प्रहरी चौकीको सीमाभित्र पर्ने गोछबारीमा विचाराधीन मुद्दाका ती कैदी सूर्यकान्त बेहेरा गत वर्ष नोभेम्बरमा जेल परेका थिए ।

प्रहरीले पक्राउ गर्नुअघि बेहरा गुजरातको सुरतमा काम गर्थे । उनकी आफ्नै प्रेमिकाले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्तापछि उनलाई पक्राउ गरिएको थियो । तर उनले अब आपसी सहमति भएको र विवाहको वातावरण बनेको बताएका छन् । 

ीबहmष् कगलचष्कभ दबलप द्दण्घद्ध
दुलहीका वकिल पीके मिश्राले दुई परिवारबिच केही असमझदारी बनेका कारण २२ वर्षीया युवतीले बेहेराविरुद्ध बलात्कारको उजुरी दर्ता गरेको बताएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो । वकिल मिश्राले आपसी सहमतिमा दुई जनाको विवाह गर्न सफल भएको बताएका छन् । तर दुलहा भने मुद्दा चलिसकेकाले कैदमै छन् । ‘हामीले कारागार अधिकारीहरूबाट अनुमति लिएर र सबै कानुनी पक्ष पालना गरेर उनीहरूको विवाह समारोह आयोजना गर्‍यौँ,’ कोडाला उप–कारागारका जेलर तारिणीसेन देहुरीले भने । 
हिन्दु परम्पराअनुसार भयो विवाह 
वकिल मिश्राले उनीहरूको विवाह हिन्दु परम्पराअनुसार भएको बताए । यस क्रममा उनीहरू दुवै पक्षका आफन्तहरू समारोहमा उपस्थित थिए । विवाहमा दुलाहा सजिएर गाडी चढेर विवाह समारोहस्थलमा पुगेका थिए । यसको व्यवस्थापन पनि जेलका अधिकारीहरूले नै गरेका थिए । 

समारोह सकिएपछि दुलाहालाई जेल पठाइयो भने दुलही घर फर्किइन् । बेहुलाका बुबा भास्कर बेहेराले भने, ‘हामीलाई आशा छ कि उनी चाँडै जेलबाट रिहा हुनेछन् र उनीहरूले सुखी वैवाहिक जीवन बिताउनेछन् ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement