वैशाख १५ काठमाडौं । बर्दियामा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिकाको मृत्यु भएको छ।
गुलरिया-८ डम्पिङ साइडस्थित सर्यु सामूदायिक वनमा सोमबार बिहान चितुवाको आक्रमणमा गेरुवा गाउँपालिका-६ कि मेलिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वनमा काकीसँगै वनमा घाँस, दाउरा लिन जाँदा उनलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए।
जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।