Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेमिकाको योजनामा प्रेमीको हत्या, 6 जना पक्राउ

  |      13:25:00   |  
प्रेमिकाको योजनामा प्रेमीको हत्या, 6 जना पक्राउ

 जेठ ०७ काठमाडौं । सर्लाहीमा प्रेमिकाले प्रेमीलाई बोलाएर हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिकाले आफ्ना पति र आफन्तसँग मिलेर प्रेमीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ।  

गत वैशाख ३० गते बिहान साढे ८ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका-८, थकरिया चौरीको उखुबारीमा फेला परेको शवको हत्याको रहस्य खुलेको छ। हत्या गरिएका युवक सर्लाहीको चन्द्रनगर गाउँपालिका-१, किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डित भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार हत्या प्रेम सम्बन्धकै कारण भएको हो।  

जिल्ला प्रहरी कार्यालय सर्लाही, मलंगवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले हत्यामा संलग्न छ अभियुक्तलाई सार्वजनिक गरे। हत्या गत वैशाख २८ गते भएको प्रहरीले जनाएको छ।  

हत्यामा संलग्न भएको आरोपमा पण्डितकी प्रेमिका ईश्वरपुर नगरपालिका-६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, उनका पति २९ वर्षीय मोस्तकिम अंसारी, ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र ५४ वर्षीय सलाउद्दिन अंसारी पक्राउ परेका छन्। प्रहरीका अनुसार सबै अभियुक्त एकअर्काका नातेदार हुन्। पक्राउ वैशाख २ गते भएको थियो।  

प्रहरीका अनुसार पण्डित र खातुनबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। तीन सन्तानकी आमा खातुन र अविवाहित पण्डित विवाह गर्ने भन्दै गत चैत १९ गते घर छोडेर भारत गएका थिए। मिति २०८१/१२/१९ गते राति ११ बजे खातुन घरबाट बेपत्ता भएको भन्दै मोस्तकिम अंसारीले इलाका प्रहरी कार्यालय, केशरगंजमा वैशाख २६ गते निवेदन दिएका थिए। 

गाउँलेको जानकारीबाट पण्डितले खातुनलाई भारत लगेको खुल्यो। वैशाख १९ गते दुवै नेपाल फर्किएपछि स्थानीयले खातुनलाई घरमा बस्ने व्यवस्था मिलाएका थिए। तर, पण्डितले खातुनको घरमा पटकपटक आउजाउ गरिरहे। यसले खातुनलाई मानसिक तनाव भएको र आफन्तले हत्याको योजना बनाएको प्रहरीको दाबी छ।  

प्रहरीका अनुसार खातुनले वैशाख २८ गते बिहान ८ बजे पण्डितलाई फुलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएकी थिइन्। दुवैजना फुलजोर खोलातर्फ गएको देखेर अन्य अभियुक्तले पछ्याए। सोही दिन बिहान ९ बजे पण्डितको हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा हत्या मुख थुनेर गरिएको देखिएको छ।  

वैशाख २४ गतेदेखि बेपत्ता पण्डितको हत्या वैशाख २८ गते भएको थियो। हत्यापछि अभियुक्तले शवलाई घाँसपात र रहरको डाँठले छोपे। वैशाख २९ गते राति ९ बजे शवलाई थकरिया चौरीको उखुबारीमा फाले। वैशाख ३१ गते प्रहरीले सडेको अवस्थामा शव बरामद गरेको थियो।

सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी खातुनसहित सबै अभियुक्तमाथि कर्तव्य ज्यान कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सरोज राईले जनाएका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement