वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ ।
स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ।
१ जेष्ठ काठमाडौं । रौतहटको कटहरिया नगरपालिका– ३, बडेरवा टोल स्थायी ठेगाना भई हाल कटहरिया–५...
१ जेष्ठ काठमाडौं । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका...
१ जेष्ठ काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी...
१ जेष्ठ काठमाडौं । सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने...
१ जेष्ठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति...
वैशाख ३१ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया पढ्न जान वैदेशिक...
वैशाख ३१ काठमाडौं । गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
वैशाख ३१ काठमाडौं । तनहुँमा किशोरीमाथि बालत्कार आरोपमा एक जना वृद्ध पक्राउ परेका...
वैशाख ३१ काठमाडौं । काठमाडौंको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना...