Advertisement
Advertisement
Advertisement
Advertisement

प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपी अझै थुनामा

  |      13:27:00   |  
प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपी अझै थुनामा

वैशाख २४,काठमाडौं ।  भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्साल घटनाको दोषी अझै थुनामा रहेका छन्।

सोही कलेजमा मृत भेटिएकी अर्की छात्रा प्रिसा साह घटनाको रिपोर्टिङ गर्न पुगेको नागरिक संवाददाताहरूसँग कुरा गर्दै ओडिसास्थित भुवनेश्वर प्रहरीले लम्साल घटनाको दोषी अझै थुनामा रहेको बताएका हुन्।

भुवनेश्वर प्रहरी कमिस्नार डा। सुरेश देवदत्त सिंहले प्रकृति लम्साल घटनाको दोषी अहिले पनि थुनामा रहेको र अहिले प्रिसा घटनाको अनुसन्धान पनि राम्रोसँग गरिरहेको बताए। सिंहले भने, अपराधको अनुसन्धानमा देशको सीमा हुँदैन, विदेशी स्वदेशी नागरिकमा भेदभाव हुँदैन । अपराध गर्ने नागरिक जहाँको भएपनि अपराधी नै हुन्छ । उसलाई कानुनी दायरामा ल्याउन कोही कसैले छेक्दैन । हामीले अघिल्लो प्रकृति लम्सालको मृत्युको अनुसन्धान पनि तथ्यमा आधारित भएर गरेका छौ । र दोषी अहिले पनि थुनामा रहेको छ ।

गएको फागुन ४ गते प्रकृति आफ्नै होस्टेलको कोठामा मृत भेटिएकी थिइन्। उनी झुन्डिएको अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको लागि दबाब दिँदै आन्दोलन गरेका थिए।

प्रकृतिलाई उनको केटा साथी आद्विक श्रीवास्तवले बारम्बार मानसिक यातना दिएको र सो सम्बन्धमा विश्वविद्यालय प्रशासनसमक्ष पटक पटक उजुरी पनि गरिएको नेपाली विद्यार्थीको भनाइ थियो। तर विश्वविद्यालय प्रशासनले गम्भीरतापूर्वक नलिँदा घटना भएको भन्दै नेपाली विद्यार्थी आन्दोलनमा उत्रिएका थिए।

प्रहरीले प्रकृतिलाई मानसिक यातना दिएको भन्दै उनको केटा साथी आद्विक श्रीवास्तवलाई पक्राउ गरेको थियो। अभियुक्त श्रीवास्तव अहिले भुवनेश्वरस्थित प्रहरी हिरासतमा छन्। उनीसँग आवश्यकताअनुसार सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement