चैत १९ काठमाडौं ।
भारतको नागपुरमा एक महिलाले पतिको ह्वाट्सएप ह्याक गर्नुका साथै पतिलाई गिरफ्तार गराएकी छन् ।
पान पसल सञ्चालन गर्दै आएका ती व्यक्तिले पत्नीसँग अप्राकृतिक यौन सम्बन्धका लागि दबाब दिँदै आएका थिए । पतिले अरु महिलालाई पनि दुःख दिएको, अवैध सम्बन्ध राखेको हल्लाका बिच पीडित महिलाले निगरानी बढाउन थालिन् । यस क्रममा ती महिलाले पतिको ह्वाट्सएप ह्याक गरिन् ।
पतिको ह्वाट्सएपमा कयौँ आपत्तिजनक भिडियो, फोटो तथा संवाद फेला पारेपछि उनले प्रहरीलाई जानकारी गराएको बताइन्छ ।
पतिले कयौँ महिला तथा किशोरीलाई आफू अविवाहित रहेको भन्दै कुराकानी गरेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै क्रममा पत्नीले आफ्नै पतिबाट बलात्कृत एक युवतीलाई उजुरीका लागि समेत सहयोग गरेको बताइएको छ । सोही उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई पक्राउ गरेको छ ।उनीविरुद्ध पत्नीलेसमेत अप्राकृतिक यौन सम्बन्ध बनाउन दबाब दिएकोबारे उजुरी दर्ता गराएकी छन् ।