Advertisement
Advertisement
Advertisement
Advertisement

नौ महिना पेटमा बोक्ने जननीप्रति अविश्वास
फरियाले प्रमुख हाँक्न हुन्छ कि हुन्न ?

  |      10:11:00   |  
नौ महिना पेटमा बोक्ने जननीप्रति अविश्वास

- शीतल दाहाल

काठमाडौं।कार्यालय आउँदा–जाँदा म त्रिचन्द्र क्याम्पसलाई परिक्रमा लगाउँछु । ७० वर्षको आफ्नो कालखण्डमा त्रिचन्द्र क्याम्पस अगाडि थुप्रै जुलुसहरू दौडेका छन् । त्रिचन्द्रकै आसपास थुप्रै युवक–युवतीले लोकतन्त्र र समानताका लागि आफ्नो रगत चढाए । त्रिचन्द्र क्याम्पसकै सेरोफेरोमा मेरा समकालीन दर्जनौं युवतीहरूले आफ्नो टाउको फुटाएका छन् । लोकतन्त्र र समानताका लागि महिनौं खोरमा समेत थुनिएका छन् । त्यसरी टाउको फुट्नुको परिणामस्वरूप आज राज्यका अंगहरूमा समावेशिता कार्यान्वयन हुँदैछ । ७० वर्षको यो अन्तरालमा केही त अवश्य पनि भएको छ, तापनि राज्य हाँक्ने लगाम लिएकाहरू अझै पनि सोध्दैछन्, ‘हैन, केटीहरूलाई अझै पुगेन, के चाहियो रु’

उसो त बाहिरबाट हेर्दा यो देश अहिले पनि महिलाकै कब्जामा छ । राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशसमेत महिला छन् । सम्भवतस् पद्मशमशेर र प्रचण्डको शासनकालसम्म आइपुग्दाको नेपाली महिलाको सामाजिक जीवनको एउटा सूचक हो, यो अन्तर । यसमा साहना प्रधान र शैलजा आचार्य लगायत असंख्य नेपाली महिला र पुरुष राजनीतिकर्मीहरूको समेत अतुलनीय योगदान छ, तरैपनि जब म चोक–चौरस्तामा हुने विभिन्न दलका भेला र गोष्ठीहरूमा पुग्छु, त्यहाँ अहिले पनि मञ्चमा पुरुषहरूकै बर्चस्व देख्छु । कार्यक्रमलाई सुन्न आउनेहरू ८० प्रतिशत त पुरुष नै हुन्छन् । यसलाई मेरो कुण्ठाका रूपमा नबुझियोस्, ५० प्रतिशतभन्दा बढी जनशंख्या महिलाको भएको समाजमा अहिले पनि उही साहनाले आन्दोलन गरेकै बेलाको अनुपातमा सार्वजनिक जीवनहरूमा महिलाहरू देख्दा मन कुँडिन्छ । थुक्क, महिलाको जीवन श्रापित नै हो कि झैं लाग्छ । 

संविधानले लिंग, पेसा, वर्ग र जातिका आधारमा विभेद नगरे तापनि कतिपय सामाजिक प्रचलन, मान्यता र संस्कारका कारण समाजले अहिले पनि फरिया र पाइन्टका आधारमा गर्ने विभेद कायमै छ । पहिले जस्तो दृश्य रूपमा नभए पनि कुनै परिवारमा जन्मेकै कारण उक्त व्यक्तिमाथि ठूलो जाति भनिएकाहरूले गर्ने व्यवहार जारी छ । फलाकेर पढाइने शिक्षाले मात्रै नहुने रहेछ क्यारे, मान्छेको भित्र नै जागरण नआएसम्म विभेदको पर्खाल भत्काउन गाह्रो पर्नेरहेछ । मैले जस्तै फरिया भित्रबाटै संसार चियाएका मेरो समाजका काका र दाजुभाइले महिलालाई अझै पनि नेतृत्वका रूपमा स्वीकार गर्न अप्ठ्यारो मानेको देख्छु । घर–परिवारबाट त्यस्तै सिकाइएका कारण शिक्षक र कर्मचारीका रूपमा जागिर खान थाले पनि महिलाहरू अझै पनि साँघुरो घेरामै बस्न बाध्य छन् । आफ्नो बुझाइभन्दा घर, लोग्ने र परिवारको परिभाषा अनुसार जीवन जिइरहेछन् । कतिपयलाई त मैले कस्तो जीवन बाँचेको छु भन्नेसमेत ज्ञान छैन। 

मैले यहाँ उठाउन खोजेको विषय– संसदले नै विधेयक पारित गरेर आउँदो स्थानीय निकायको चुनावमा उठ्ने प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य रूपमा हुनैपर्ने बाध्यकारी प्रावधान ल्याएको छ, जुन आफैंमा ऐतिहासिक निर्णय हो । यसका लागि राज्यव्यवस्था समितिको उपसमिति र सिंगो संसदलाई धन्यवाद दिनुपर्छ । इतिहासमा यो महत्त्वपूर्ण घटनाको अवश्य पनि मूल्यांकन हुनेछ । 

तर दुईमध्ये एक पदमा महिला हुनैपर्ने प्रावधानलाई चियापसल र सामाजिक सञ्जालहरूमा उपाध्यक्ष पद महिलाको पेवाका रूपमा भएको अथ्र्याइँदैछ । मानौं कि प्रमुख भनेको त पुरुषमात्र हो । दुस्ख लाग्छ, कानुनले दुईमध्ये एक भनेको हो । समाजमा त्यसलाई महिलालाई चाहिंँ उपप्रमुख मात्रै मिल्नेझैं गरी व्याख्या हुँदैछ । महिलालाई ओछ्यान, परिवार, भान्छाकोठा, खेतबारी र गोठको शृंगारका रूपमा मात्रै बुझ्ने मानसिकताका कारण सम्भवतस् यो चुनावमा पनि देशभर हुने नगरपालिका र गाउँपालिकाका चुनावमा महिला उपप्रमुखहरूको बाढी लाग्नेछ । कानुनी बाध्यताकै कारण जसोतसो ‘महिला खोजेर पदमा टाँसिदिनुपर्‍यो नि त’ भन्दै पुरुष कार्यकर्ता र नेताहरूले धुइँपताल आफ्ना कुरा मान्ने भाउजु र दिदीबहिनीलाई उपाध्यक्षमा उठाउन खोज्नेछन् । यो स्वाभाविक पनि छ, दुई दशकपछि हुनलागेको स्थानीय चुनावमा महिलाहरूले आफूलाई पुरुषजत्तिकै सामाजिक–राजनीतिक काममा संलग्न गराएर स्थानीयमाझ परिचित हुनपाएका पनि छैनन् । 

तर सबै ठाउँमा यस्तो छैन । कतिपय गाउँ र नगरमा राजनीतिमै भविष्य बनाउँछु, समाजसेवामै जीवन बिताउँछु भनेर लागेका हक्की युवतीहरू पनि छन् । मेरा दर्जनौं युवती मित्रहरू छन्, जो राजनीतिक आन्दोलनमा खारिएका छन् । बहुजातीय समाजमा आफूलाई भिजाएका छन् । कुइनाले छाती थिच्न खोज्ने समाजलाई माइक्रोबसमा भोगेका छन् । फरियाबाट चुजको संक्रमण र डाँडामा चिच्याएर कराउने सञ्चारबाट मेसेन्जर र फेसबुक मार्फत समाज र आफूलाई नियालेका छन् । उनीहरू गुगल चलाउन जान्दछन् । उनीहरू देश–विदेशका फ्लाइओभर, रेल, कार, अस्पताल र विकासका कुरा बुझ्न सक्छन् । हो, भर्खरै २० पुगेका यी युवतीहरूको पनि यो देश हो र २० वर्ष अघिको स्थानीय चुनावताका जन्मेका यी युवतीहरू पनि समुन्नत नेपालको सपना देख्नसक्ने भइसकेका छन् । यसर्थ आउँदो चुनावमा चुनिनेहरू यी युवतीहरूमध्ये पर्नुपर्छ । 

कानुनतस् देशभरका ७१९ वटा स्थानीय निकायका प्रमुख या उपप्रमुखमध्ये एक त अवश्य पनि महिला चुनिनेछन् । तर यतिखेर मलाई लागेको शंका यो छ कि प्रमुख र उपप्रमुखको उम्मेदवारमध्ये अहिले पनि महोदयका पार्टीहरूले महिलालाई प्रमुखमा उठाउने हिम्मत गर्ने छैनन् । गत संविधानसभा चुनावमा पनि त्यही देखिएको हो । चुनाव लडेर जित्नुपर्ने ठाउँमा महिला र युवतीहरूलाई पार्टीले अहिले पनि विश्वास गर्दैन । एक पार्टीबाट महिला प्रमुख उठिन् र अर्को पार्टीबाट पुरुष उठ्यो भने त्यहाँ महिलालाई पुरुषले हराउँछन् भन्ने मानसिकता महोदयहरूमा समेत छ । त्यसैले तपाईंका पार्टीका प्रमुख बैठकहरूमा समेत एकाध महिलाहरू पछ्यौरामा सजिएको मात्र देख्न सकिन्छ । 

हामी सबैले फरियाको टालोबाटै संसार चियाएको भए पनि हामीमध्ये कतिमा फरियाको टालोप्रति अविश्वास छ । नौ महिना पेटमा बोक्ने जननी जातिप्रतिको गहिरो अविश्वास । नेता भनेको त टोपी र कोट ढल्काउने मात्र हुन्छ भन्ने रुढीग्रस्त धारणाले डेरा गरेको छ । पार्टी चलाउने महोदयहरूमा समेत यो धारणा जब्बर भएर बसेको छ र सम्भवतस् आगामी चुनावमा पार्टीहरूले दिने उम्मेदवारीमा समेत यो धारणा जब्बर रूपमा प्रकट होला । मेरो प्रश्न छ, फरियाबाटै संसार चियाएका शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, कमल थापा र उपेन्द्र यादवहरूलाई– के तपाईं आगामी चुनावमा महिलाप्रति पार्टी नेतृत्वले गर्ने अविश्वास हटाउन प्रयास गर्नुहुन्छ रु प्रमुख पदमा कतिवटा महिलालाई उठाउनुहुन्छ रु

चुनाव आँगनमै आइसकेको छ । यो माहोलमा राजनीतिक दलमा आबद्ध चुज र फरियावालाहरूले गाउँपालिकाका र नगरपालिकाका विभिन्न तहहरूमा आफ्नो दाबी गर्नु नै प्रथम खुड्किलो हो । त्यसका साथै महिलाहरूलाई नेतृत्वमा पुर्‍याउन त्यस स्थानका महिला र युवतीले जमेर चुनावी अभियानहरूमा लाग्नु दोस्रो प्राथमिकतामा पर्छ । यसो गर्दा भोलिका दिनमा महिलाहरूले मेयर र सांसदमा खुल्लमखुला पुरुषहरूसँग चुनावी मैदानमा भिड्ने र जित्ने सम्भावना बढेर जानेछ । सहर–बजारमा प्लस टु र क्याम्पस पढ्ने बहिनीहरू गाउँबस्तीमा छिर, आफ्नो र आफ्ना दिदीबहिनीहरूको विजयका लागि कम्मर कस । त्यसले तिम्रो घर र समाजमा समेत महिलालाई हेर्ने दृष्टिकोणमै भिन्नता ल्याउँछ । अरू बेला राजनीतिलाई घृणित खेल भने पनि चुनावको मुखमा नेतृत्वका लागि कस्सिनुस्, आमा–दिदी–बैनी हो । आफू चुनावमा नलडे पनि मातृशक्तिलाई विजय गराउन कस्सिनोस्, दाजुभाइ र काकाहरू । कान्तिपुरमा प्रकाशित लेख ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement