साउन २८, काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई राम्रो प्रशिक्षण र विदेशी टोलीहरूसँग खेल अभ्यास गराउन सकेको खण्डमा आउने केही दशकमा उनीहरूले विश्वकपमा सहभागिता जनाउनसक्ने क्षमता रहेको नेपाली प्रशिक्षकहरूले बताएका छन्।
त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरूमाथि गरिरहेको लगानी बढाउनुपर्ने महिला खेलाडीहरूले बताएका छन्। सरोकारवाला निकाय एन्फाले भने अन्य सहयोगी संस्थाले पनि हातेमालो नगरी महिला फुटबललाई उकास्न कठिन रहेको जनाएको छ।
रुसमा चलिरहेको विश्वकपमा आआफ्ना टोलीको समर्थन गर्दै आधारातसम्म नसुती खेल हेर्ने नेपालीको संख्या निकै छ।
लोकप्रिय
संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा फुटबललाई लिइन्छ। तर महिला फुटबल भने पुरुषको तुलनामा ओझेलमा पर्ने गरेको छ। धेरैलाई त महिला विश्वकप कहिले र कहाँ सम्पन्न भएको थियो भन्नेसम्म थाहा छैन।
यस्तै महिला फुटबलमा अमेरिका शक्तिशाली राष्ट्र हो भन्दा कतिपयले नपत्याउन पनि सक्छन्। तर अमेरिकी टोली महिला फुटबल विश्व विजेता हो।
सपना
नेपालमा पनि महिला फुटबलको वास्तविकता त्यस्तै रहेको खेलाडीहरू बताउँछन्। प्रायः पुरुषहरूकै खेलको चर्चा हुने गर्छ र दर्शक पनि उनीहरूकै खेलमा बाक्लो हुने गर्छ।
विश्वकप चल्दा कुनै दिन यस्तो प्रतिष्ठित प्रतियोगिता खेल्ने सपना पलाउने उनीहरू बताउँछन्। तर धरातल सम्झँदा चाहिँ विश्वकप खेल्ने सपना दिवा सपनामा मात्रै रहने हो कि भन्ने लाग्ने स्ट्राइकर सावित्री भण्डारी बताउँछिन्। उनले भनिन्, विश्वकप खेल्ने हरेक खेलाडीको सपना हो। रुसमा जारी प्रतियोगिता हेर्दा यो रहर अझ बढ्छ। तर हामीले पाइरहेको प्रशिक्षण आदि हेर्दा विश्वकप खेल्ने सपना मात्र हुने हो कि जस्तो लाग्छ।
महिला फुटबल खेलाडीका लागि वर्षमा जम्मा दुईवटा नियमित प्रतियोगिता हुन्छन्। प्रशिक्षण पनि नियमति छैन। हामीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि धेरै कम छन्। यस्तो अवस्थामा विश्वकप खेल्नका लागि लामो र संघर्षपूर्ण यात्रा तय गर्न पर्ने भण्डारीले बुझेकी छन्। यसको लागि एन्फाले कुनै गुरुयोजना बनाएर त्यसलाई कार्यान्वयन गरे महिला खेलाडी मिहिनेत गर्न तयार रहेको उनी बताउँछिन्।
आशा
महिला फुटबल टोलीका पूर्व प्रशिक्षण ध्रुव केसी पनि महिला खेलाडीले पाएको प्रशिक्षण र अन्य सुविधाको तुलनामा राम्रो प्रदर्शन गरेको बताउँछन्। उनले भने, राम्रो प्रशिक्षण दिने हो, उनीहरूलाई चाहिने पौष्टिक आहारदेखि अन्य प्राविधिक विषयमा पनि ध्यान दिने हो भने महिला टोलीले अर्को २०/२५ वर्षमा विश्वकप खेल्न सक्छ।
एसियाका शक्तिशाली मुलुक भनेको जापान, थाइल्याण्ड हुन्न र हाम्रो शारीरिक बनावट पनि उनीहरू जस्तै छ। यसकारण पनि राम्रो योजना बनाएर नियमित प्रतियोगित गर्ने र विदेशी टोलीहरूसँग पनि समय समयमा प्रतिस्पर्धा गर्ने अवसर दिन सके उनीहरू विश्वकप खेल्न सक्छन्। तर यसका लागि राम्रै लगानी चाहिने एन्फाको भनाइ छ।
१९८० र ९० को दशकतिर विश्वकपको छनोट खेल मानिने एसियाली छनोट खेल नेपाली महिला फुटबल टोलीले खेल्ने गर्थ्यो। हाल आएर महिला टोली दक्षिण एसियली प्रतियोगितामै सीमित हुन पुगेकोमा दुखेसो गर्ने धेरै छन्।
दक्षिण एसियामा शक्तिशाली देश भारतपछि नेपालनै पर्ने गर्छ महिला फुटबलमा। विगतका साफ च्याम्पियनशीप प्रतियोगितामा भारतसँग फाइनलमा पराजित हुँदै नेपाल दोस्रो हुने गर्दै आएको थियो।
चुनौती
तर दुई वर्षअघि भएको प्रतियोगितामा सेमिफाइनल खेलनै भारतसँग खेल्न परेको कारण तेस्रो स्थानमा चित्त बुझाउनपर्यो। पुसमा आउँदो संकरण हुँदैछ। तर त्यसका लागि तयारी नभएको खेलाडीहरू गुनासो गर्छन्।
पछिल्लो प्रतियोगितामा एक दर्जनभन्दा धेरै गोल गरेकी भण्डारी भन्छिन्, अरू देशले तयारी शुरू गरेको हामीले थाहा पाएका छौँ। हामीले पनि अन्तिम समयमा मात्र तयारी गर्ने परिपाटीलाई निरन्तरता दिने हो भने हामीले हासिल गर्दै आएको दोस्रो स्थान पनि खस्किन सक्छ।
महिला फुटबलको स्तरोन्नति गर्न अखिल नेपाल फुटबल संघले पहल गरे पनि त्यो मात्र पर्याप्त नदेखिएको एन्फाकी केन्द्रीय सदस्य र महिला कमिटिकी अध्यक्ष पेमा लामाले बताइन्।
सहयोग
उनले भनिन्, महिला फुटबलले पाइरहेकको प्रशिक्षण र खेलहरू निकै कम छ। तर हाम्रो प्रयास मात्रै पर्याप्त नभएको हामीले पाएका छौँ। यसका लागि विभन्न क्लब र व्यापारिक प्रतिष्ठानहरूले पनि हातेमालो गर्न जरुरी छ।
महिला फुटबललाई विभागीय भनिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमले जोगाइ राखेको भन्नेमा कसैको दुईमत देखिँदैन।
नेपालले जानाजान सहभागी नभएको त्यो विश्वकप छनौट खेल तर राष्ट्रिय टोलीको नेतृत्व गरिसकेकी प्रतिभाशाली खेलाडी सजना राना नै रोजगारीका लागि विदेश पलायन भएको समयमा त्यो मात्र पर्याप्त नभएको खेलाडीहरू बताउँछन्।
यस्तो अवस्थामा विश्वकप पुग्नु टाढाको सपना हुन स्वभाविक रहेको कतिपय फुटबल विज्ञ बताउँछन्। तर महिलाहरूले त्यो सपना जीवितै राख्नका लागि हाल उनीहरूले गरिरहेको प्रदर्शन खस्कन दिन नहुने उनीहरू बताउँछन्।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...