Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली महिला सैनिक संख्या बढाउन शान्ति मिसनमा चुनौती

  |      18:18:00   |  
web image
web image

माघ १०, बेरुत । नेपाली सेनाकी सिपाही रुद्राक्षी कार्की शान्ति स्थापनार्थ इजरायलसँग सीमा जोडिएको लेबनानको संवेदनशील ‘ब्लु लाइन’ क्षेत्रमा कार्यरत छिन् । उनी द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुने एमपीभी (माइन प्रोटेक्ट भेहिकल) चलाउन ‘युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान’ (युनिफिल) मा भर्खरै आइपुगेकी हुन् । ‘एमपीभी चलाउन चुनौतीपूर्ण छ । तर लडाइँमा जोखिम कम हुन्छ,’ उनले भनिन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा एमपीभी चलाउने थोरै महिलामा रुद्राक्षी पर्छिन् । उनले नेपाली सेनाको सैनिक परिवहन गणअन्तर्गत रहेर काम गरेका बेला सवारीसाधन चलाउन सिकेकी हुन् । ‘सुरुआतमा आफ्नै गण थापाथलीमा हलुका गाडी चलाउन सिकेँ,’ ११ वर्षअघि नेपाली सेनामा भर्ती भएकी रुद्राक्षीले सुनाइन्, ‘एमपीभी चलाउनचाहिँ महोत्तरीमा रहेको नेपाली सेनाको युद्ध कवज गुल्म–२ मा सिकेकी हुँ ।’ त्यही सीपले उनलाई लेबनान ल्याइपुर्‍याएको हो ।

संयुक्त राष्ट्रसंघले कोरेको कृत्रिम रेखा ‘ब्लु लाइन’ क्षेत्रमा रुद्राक्षीले शान्ति स्थापनाका लागि अब एक वर्ष काम गर्नेछिन् । उनी यहाँ पुरानो गोरखगणअन्तर्गत रहेकी छन् । नेपाली सेनाको मिसन हेडक्वाटर मिसेनजावेलमा यस पटक रुद्राक्षीसहित ८१ नेपाली महिला शान्ति सैनिक छन् । ८ सय ५० जना नेपाली शान्ति सैनिक रहेको बटालियनमा सबैभन्दा बढी महिला परेको यसैपालि हो । मिसनमा एक वर्ष पूरा गर्दै गरेको गोरखा बक्स गणमा भने ३८ महिला शान्ति सैनिक थिए । युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर सहायक रथी चोकबहादुर ढकालले शान्ति मिसनमा महिलाको संख्या बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघ (यूएन)ले द्वन्द्वग्रस्त क्षेत्रमा महिला शान्ति सैनिक संख्या बढाउन सेना पठाउने मुलुकहरूसँग आग्रह गरिरहेको छ । त्यसैले आगामी दिनमा अझै बढी अनुपातमा नेपाली महिला सैनिक शान्ति मिसनमा खटिने सम्भावना छ । नेपाली सेनाले सन् २००० मा पहिलो पटक महिला शान्ति सैनिकलाई युनिफिलबाट खटाएको थियो । संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विशेष रूपमा आफ्नो शान्ति मिसनमा पुरुष सैनिकजत्तिकै संख्यामा महिलालाई पनि समावेश गर्न निर्देशन दिएको थियो । पछिल्लो पटक सन् २०२२ जुलाईमा यूएनले सदस्य मुलुकहरूलाई सन् २०२८ सम्ममा मैदानमा सुरक्षामा खटिने सैनिकमा १५ प्रतिशत र पर्यवेक्षक तथा अन्य कर्मचारीमा २५ प्रतिशत महिलाको संख्या पुर्‍याउन आग्रह गरेको छ ।

यूएनले तोकेको सीमाअनुसार महिला पठाउन भने शान्ति सैनिक पठाउने नेपालसहितका मुलुकहरूलाई चुनौतीपूर्ण छ । नेपालले अबको ५ वर्षमा धेरै संख्यामा महिला सैनिकलाई शान्ति मिसनमा पठाउनुपर्ने हुन्छ । त्यसका लागि सेनाले अहिलेदेखि नै तयारी गर्नुपर्छ । नेपालले ५ वर्षअघि नै वर्षको १० हजार शान्ति सैनिक पठाउने सम्बन्धमा राष्ट्रसंघलाई जानकारी दिइसकेको छ । त्यति संख्या पठाउँदा महिलाको संख्या पनि बढाउनुपर्ने हुन्छ । नेपाली सेनिकको संख्या हाल करिब ९६ हजार छ, जसमध्ये करिब ७ हजार महिला छन् । शान्ति मिसनमा बढी महिला पढाउन नेपाली सेनामा बढी महिला भर्ती गर्नुपर्ने हुन्छ । यूएनको आग्रहअनुसार शान्ति सैनिकको लैंगिक अनुपात मिलाउन बंगलादेश, इजिप्ट, इथोपिया, घाना, रुवान्डा, सेनेगल, भारत, पाकिस्तानलगायत मुलुकलाई पनि चुनौतीपूर्ण छ ।

अवकाश प्राप्त उपरथी विनोज बस्न्यात नेपालले आवश्यक परे बढी महिला सैनिक भर्ना गर्न उपयुक्त हुने बताउँछन् । ‘यूएनले नेपाललाई मात्र होइन, अन्य मुलुकलाई पनि यो आग्रह गरेको हो । कति संख्या थप्ने वा नथप्ने भन्ने विषय नेपालको हो । हामीले राष्ट्रिय सुरक्षाका आधारमा त्यो निर्णय गर्नुपर्छ,’ उनले भने । अर्का पूर्वउपरथी पूर्ण सिलवाल भने नेपाललगायत मुलुकलाई यूएनले अनुरोध गरे पनि सम्बन्धित मुलुकहरूले छलफल गरेर शान्ति मिसनमा पठाउनुपर्ने बताए । ‘यूएनले भनेकै जस्तो गरिहाल्नुपर्छ भन्ने पनि होइन । तर नेपालले सकेसम्म महिला शान्ति सैनिकलाई बढाउनुपर्छ,’ उनले भने, ‘महिला शान्ति सैनिक भन्नाले फिल्डमा खटिने मात्र बुझ्नु हुँदैन, अन्य कार्यालयमा काम गर्नेहरू पनि हुन्छन् ।’

गोरखा बक्स गणअन्तर्गत एक वर्ष शान्ति मिसनमा रहेर आगामी महिना नेपाल फर्कने तयारीमा रहेकी सहसेनानी रोशनी कार्की नेपाली महिला शान्ति सैनिकले प्रशंसनीय काम गरिरहेको सुनाइन् । ३७ महिला शान्ति सैनिकलाई नेतृत्व गरिरहेकी उनले शान्ति स्थापनाका लागि जिम्मेवारी पूरा गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आफ्नो एकवर्षे कार्यकालमा लेबनानमा नागरिक–सैनिक सम्बन्ध विस्तार गर्नुका साथै आमजनताको घर–घरमा पुगेर महिलालाई सहयोग गरेको तथा स्वास्थ्य क्षेत्रमा काम गरेको जानकारी दिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement