Advertisement
Advertisement
Advertisement
Advertisement

धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट

  |      10:21:00   |  
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट

वैशाख १८,काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय  डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।
रिजालको कुटाइबाट सख्त घाइते भएकी विकको जिल्ला अस्पतालमा  सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरीरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट छन् ।

रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई कुटपिट गरेको बताइएको छ । रिजाललाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटना हिजो बिहान भए पनि परिवारजनले जाहेरी नदिएकोले रिजाललाई केही समय नियन्त्रणमा लिएर छाडेको रातोपाटीलाई बताए  ।
उनले भने– ‘परिवारले जाहेरी  नदिएको प्रहरीले  २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएको छाडिएको हो।’  परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिने मल्लले बताए ।

रिजालमाथि हातपात, गाली बेइज्जती तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा कारबाही हुनसक्ने उनले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement