चैत २९ काठमाडौं ।सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको जानकारी दिए । ती महिलाको सनाखत उनकै भाइ लीलबहादुर दाहाल र ससूराले गरेका खतिवडाले बताए ।
मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान् कोरियामा रहेका प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको खतिवडाले बताए । मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने अर्धनग्न अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति स्पष्ट हुने प्रहरीले जनाएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...