वैशाख ६ काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ की रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो। घरको अवस्था कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन कठिन थियो।
तर, ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई परिवारको समर्थन प्राप्त भयो। अहिले उनी ‘कानुन’ पढिरहेकी छन्। ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु।’
तुलसीपुर उपमहानगरपालिका–१२ को एक निजी कलेजमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि उनी त्यहाँ पढिरहेकी छन्। उनको इच्छा अधिवक्ता बन्ने छ। ‘सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो,’ उनले भनिन्।
तुलसीपुर–११ की सरु चौधरीको अवस्था पनि उस्तै छ। उनलाई घरबाट पढाइ खर्च जुटाउन कठिन छ। तर, उनको इच्छा कानुन पढ्ने थियो र परिवारले समर्थन गरेपछि उनी कानुन पढिरहेकी छन्। दुवै जना आठौँ सेमेस्टरमा छन्।
दाङमा थारू समुदायको बाहुल्यता छ। तर, कानुन पढ्ने महिला कम छन्। यसले उनहरूलाई कानुन पढ्ने प्रेरणा दियो। ‘कानुन पढेका थारू समुदायका महिला धेरै छन्, तर महिलाहरू कम भएकाले हामीले कानुन पढ्ने इच्छा राखेका हौँ,’ उनले भनिन्। कानुन पढ्न करिब चार लाख खर्च लाग्छ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले उनहरूलाई हौसला र सहयोग गरिरहेकी छन्। ‘जिल्लामा कानुन पढ्ने महिलाको सङ्ख्या कम छ। त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि सहयोग गर्दै आएकी छु,’ उनले भनिन्, ‘मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र नियमित सहयोग गरिरहेको छु।’
उनले कानुन पढ्ने मात्र होइन, तुलसीपुर–१० का निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि आर्थिक र शैक्षिक सामग्री सहयोग गरिरहेकी छन्। उनले आर्थिक अभावमा पढ्ने विद्यार्थीलाई लामो समयदेखि सहायता गर्दै आएकी छन्।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...