चैत २० काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेकी रेबिका खत्रीको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भेटेका छन्।
मंगलबार मीनभवन स्थित सिभिल अस्पताल पुगेर रेविकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै उनको परिवारलाई भेटेको सांसद सोबिता गौतमले बताइन्।
रेविकालाई भेट्न रास्वपाका सांसद गणेश पराजुली, डा चन्दा कार्की र सांसद गौतम पुगेका थिए।
‘हामीले सिभिल अस्पतालको आइसियुमा उपचार गराइरहेकी काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री र उनका परिवारलाई भेट्यौं। शुक्रबारको आन्दोलनमा कामबाट कोठा फर्किंदै गर्दा रेबिका र उनको दाई दुवैलाई गोली लाग्यो। रेबिका गम्भीर अवस्थामा छिन्,’ सांसद गौतमले भनेकी छन्।
रेबिकालाई तिघ्रामा गोली लागेको थियो। उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ।
बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए।
‘सार्वजनिक भइरहेका भिडियोमा हामीले सबिन महर्जनलाई सामान्य परिस्थितिमै गोली हानिएको स्पष्ट देखेका छौं। यो सिधा मनोमानी हत्या हो। मनपरी, गैरकानुनी, अमानवीय गोली प्रहार। गोली चलाउने आदेश कसले दियोरु जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन। निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने मन्त्रीसँग पदमा रहने नैतिकता बाँकी रहँदैन। गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन्।
रेबिकाको उपचार निःशुल्क गर्न कुनै कसर बाँकी नराख्न रास्वपा सांसदहरूले आग्रह पनि गरेका छन्।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...