Advertisement
Advertisement
Advertisement
Advertisement

ढाकाको मलमल : जो धर्तीमा २०० वर्षसम्म सर्वाधिक महँगो कपडाको रूपमा रह्यो

  |      14:54:00   |  
Web Image
Web Image

असार १३,। ढाकाको मलमल २०० वर्षसम्म यस धर्तीको सर्वाधिक मूल्यवान कपडाको रूपमा रह्यो । राजा-महाराजा र सम्भ्रान्तहरूले यसको प्रयोग गर्थे । विश्व बजारमा यसको ख्याति लोभलाग्दो थियो । त्यसताका सम्भ्रान्त व्यक्तिहरू ढाकाको मलमलबाट बनेको पहिरन लगाउन लालायित हुन्थे ।

जतिबेला लन्डनको शहरमा तन्नेरीहरू मलमलको कपडा लगाउँदा गर्व गर्दै हिंड्दै थिए, ठीक त्यही बेला यता मलमल उत्पादन गर्ने हातहरू शिथिल र निराश हुँदै थिए । घरेलु उपकरणको सहयोगमा स्थानीय मान्छेहरूले तयार गरिरहेका मलमलको उत्पादकमाथि ब्रिटिश बिचौलियाहरूको निरन्तर  दुर्व्यवहार रह्यो । अन्ततः मानव सभ्यताकै एउटा हिस्सा बनेको मलमलको गर्विलो इतिहासको पटाक्षेप भयो ।

आखिर किन ?

यसै सन्दर्भमा बीबीसीले एउटा आलेख छापेको छ ।

ढाकाको मलमलको यात्रा लामो रह्यो । कुनैबेला यो सर्वाधिक गुणस्तरीय कपडामा दरिएको थियो, साथसाथै महँगो पनि । तर, समयक्रममा यो कपडा हराएर गयो । अहिले फेरि यो कपडाको महिमा गान गाउन थालिएको छ ।

विश्व बजारमा एकछत्र आफ्नो पकड जमाएको, राजा-महाराजादेखि सम्भ्रान्तहरूले औधी मन पराएका, अत्यन्तै मिहिनेत साथ घरेलु महिलाहरुले तयार गरेका ढाका मलमल कसरी दुई सय वर्षपछि गायब भयो ?

हजारौं वर्षसम्म यो कपडाको एकछत्र बजार रह्यो । विश्वभर नै यस कपडा मन पराइए । प्राचीन ग्रीसमा देवी देवताको मूर्तिमा मलमलको कपडा पहिर्‍याइन्थ्यो । कतिपय मुलुकका साम्राज्ञीको कपडा मलमलबाट तयार हुन्थ्यो । भारतीय उप(महाद्वीपमा राज गर्ने मुगल बादशाह र धनाढ्यहरूको बस्त्र पनि यही कपडाबाट तयार गरिन्थ्यो ।

विश्व फेसन बजारमा यसले अभूतपूर्व छाप छाड्न सफल भयो । विशेषतस् ढाकाको मलमल शाही घरानासम्मको प्रतीक बन्यो ।

सूतीको मिहीन धागोबाट तयार ढाका मलमल विश्वको विभिन्न भागमा निर्यात हुन्थ्यो । ८ औं शताब्दीमा ढाकाको सूती बस्त्र अरब र त्यसपछि चीन हुँदै विश्वभर फैलियो ।

कसरी तयार हुन्थ्यो ?

ढाकाको मलमल विभिन्न सोह्र चरणपछि प्रशोधन गरिन्थ्यो । यो त्यही कपासबाट तयार गरिन्थ्यो, जुन बंगलादेशको (तत्कालीन भारतीय बंगला) मेघना नदीको किनारमा उत्पादन हुन्थ्यो । हातले तयार गरिने मलमल एकदमै मिहीन धागोबाट तयार हुन्थ्यो ।

ढाका मलमल तयार गरिने कपास अन्य क्षेत्रको भन्दा भिन्न थियो । यसलाई तयार गर्नका लागि विभिन्न घरेलु उपकरण उपयोग गरिन्थ्यो । स्थानीय महिलाहरुले अलि ओसिलो ठाउँमा बसेर मलमलको धागो तयार गर्थे ।

विश्व नै लोभिएको थियो

मलमलको कपडासम्बन्धी केही किस्सा छन् । राजदबारका कविले यसबाट प्रभावित भएर यसको नाम ‘बुनिएको हावा’ राखिदिएका थिए । भनिन्छ, यो कपडा हावा जस्तै हल्का हुन्थ्यो ।

यो यति मिहीन हुन्थ्यो कि ३०० फिट लामो कपडाको टुक्रालाई औंठीमा राख्न लुकाउन सकिन्थ्यो ।

खासगरी त्यसबेला मलमलको साडी वा जामा ९कुर्ता० बनाउन प्रयोग गरिन्थ्यो । यद्यपि ब्रिटेनमा यो सम्भ्रान्त वर्गका लागि कपडा बनाइन्थ्यो । यो यति पारदर्शी हुन्थ्यो कि कहिलेकाहीं मलमलको कपडा लगाएका व्यक्ति हाँसोको पात्र बन्थे ।

तैपनि ढाकाको मलमलको लोकप्रियतामा कमी आएन । जो व्यक्ति यसलाई खरीद गर्न सक्थे, उनीहरुले लगाउँथे । त्यसबेलाका सर्वाधिक महँगो कपडा थियो । सन् १८५१ मा नै एक गज मलमलको मूल्य ५० देखि ४०० पाउन्डबीच हुन्थ्यो ।

अहिलको हिसाबले यो सात हजारदेखि ५६ हजार पाउन्डको हुन्छ । त्यसैले मलमलको कपडा राजदरबारमा बढी प्रयोग हुन्थ्यो । फ्रान्सका महारानी मेरी एन्टोनेटदेखि साम्राज्ञी बोनापार्ट र अस्टिनसम्म मलमलको कपडा लगाउथे ।

तर, जब यो कपडा नव जाग्रत युरोपसम्म पुग्यो, तब यसको पतन शुरु भयो ।

एशियाको चमत्कार थियो मलमल 

२० औं शताब्दीको शुरुमा ढाकाको मलमल दुनियाँबाट हराउने क्रममा थियो । जति बाँकी थियो, त्यो निजी संकलन र संग्रहालयमा थियो ।

जुन स्थानीय कपासबाट यसको धागो बन्थ्यो, त्यो पनि अचानक विलुप्त भयो । यो एकमात्र कपास थियो, जसबाट मलमलको यो कपडा तयार हुन्थ्यो । आखिर कसरी यस्तो भयो ?

के अब यस कपासलाई फेरि पनि उत्पादन गर्न सकिएला रु ढाकाको मलमलमा प्रयोग हुने कपासको खेती मेघना नदीको किनारमा हुन्थ्यो । यसको बोट वर्षमा दुई पटकसम्म फुल्थ्यो ।

यसबाट एकदमै सेतो हल्का कपास निस्कन्थ्यो । यो कुनै साधारण धागो थिएन । दक्षिण अमेरिकामा लगभग यस्तै किसिमको प्रजातिबाट जुन धागो तयार हुन्थ्यो, त्यो धागो गाँठो भएको र कमजोर हुन्थ्यो ।

लम्बाइमा छोटो यो धागो औद्योगिक मेसिनबाट तयार हुने सस्तो कपडा जस्तो लायक थिएन । मेसिनमा यो धागो टुक्रिन्थ्यो।

खासगरी स्थानीय व्यक्तिले हजारौं वर्षदेखि विकसित सरल घरेलु उपकरणबाट यसको धागो निकालिन्थ्यो । यो प्रक्रिया निकै लामो र झन्झटिलो हुन्थ्यो । यसको धागो निकाल्ने प्रक्रिया विभिन्न १६ चरणमा हुन्थ्यो । धागो तयार गर्नका लागि स्थानीय गाउँलेहरू सबैले काम गर्थे ।

यो एकदमै सामुदायिक काम थियो । यसमा युवा, बुढा, महिला, पुरुष सबै सामेल हुन्थे । धागो तयार गर्नका लागि एकदमै ओसिलो ठाउँ आवश्यक हुन्थ्यो ताकि यसलाई सजिलै तन्काउन सकियोस् । यसैले यो काम ढुंगामा गरिन्थ्यो । एकदमै बिहान र साँझ ढल्किएको समयमा यो काम हुन्थ्यो, जुन समय बढी चिसो हुन्छ ।

बुढापाकाहरु सुती काट्दैन’थे, किनभने उनीहरुको कमजोर आँखाले यो मिहीन धागो सही ढंगले देख्न सक्दैन’थे ।

ढाकाको मलमल यति शानदार थियो कि यस क्षेत्रमा आउने मान्छेहरुलाई यस कुराको विश्वास नै हुन्थे, जुन हातले बनाएको हो । कतिले त के भन्थे भने यो जलपरी, परी वा भूतले बनाएको हो ।

मलमल यति मुलायम र हल्का हुन्थ्यो कि, जो अहिले कुनै पनि कपडा हुँदैन ।

एक फोटो एजेन्सी चलाउने रीसरेक्ट द फेब्रिकका प्रोजेक्ट लिडर सैफुल इस्लाम भन्छन्, ‘अहिले जुन मलमल आएको छ, त्यसको थ्रेड काउन्ट चालीसदेखि असीसम्म छ । जबकि ढाकाको मलमलको थ्रेड काउन्ट ८ सयदेखि १२ सयको बीचमा हुन्थ्यो । यसैले यसको गुणवत्ता बताउँछ ।’

कसरी बर्बाद भयो ?

मुगलकाल मलमलको लागि सबैभन्दा राम्रो समय थियो । मुगल वादशाह र उनका रानीले मलमललाई खुब संरक्षण गरे । त्यसबेला फारस (अहिले इरान), इराक र मध्यपूर्व देशसम्म मलमलको व्यापार हुन्थ्यो ।

जतिबेला लन्डनमा मान्छेहरु मलमलको कपडा लगाएर गर्व महसूस गरिरहेका थिए, ठीक त्यही समयमा यसका उद्योग ऋणमा डुबेर आर्थिक हिसाबले बन्द हुने स्थितिमा थियो ।

१८ औं शताब्दीमा इष्ट इन्डिया कम्पनीले मलमल बनाउने नाजुक प्रक्रियाको फाइदा उठाउन थाले । सबैभन्दा पहिले मलमलको स्थानीय खरिदारलाई हटाएर यसलाई आफूहरूले खरीद गर्न थाले । उनीहरूले पूरा कारोबारमै कब्जा जमाए । अतः मजदूरलाई थोरै पारिश्रमिकमा धेरै कपडा बुन्नका लागि दबाब दिन थाले ।

जबकि यो काम निकै मुस्किल थियो । कपास तयार गर्नका लागि खास किसिमको दक्षता चाहिन्थ्यो । यो एकदमै श्रम साध्य र खर्चिलो प्रक्रिया थियो । एकदिनभर पूरा काम गर्दा पनि आठ ग्राम कपडा तयार गर्न सकिंदैनथ्यो ।

यद्यपि खरीद गर्ने बिचौलियाले विशेष गुणस्तरको कपडा बुन्नका लागि भन्दै पैसा एड्भान्स दिन्थे र उक्त गुणस्तरको नभएमा पैसा फिर्ता लिन्थे । एकातिर धेरै कपडा उत्पादन गर्नुपर्ने, अर्कोतिर गुणस्तर पनि ।

पछि ब्रिटिश बिचौलियाले यसका लागि ठूलो मेसिन प्रयोग गरेर धेरैभन्दा धेरै उत्पादन लिने निर्णय गरे ।

यस हिसाबले दशकौंसम्म यस उद्योगमाथि भएको दुर्व्यवहार र आयतित कपडाको माग घट्न थालेपछि ढाकाको मलमल उद्योग बन्द भयो । पछि यहाँ युद्ध, गरीबी र भूकम्पले थप तहसनहस बनायो । अन्ततः मलमलको पूरा कारोबार चौपट भयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement