Advertisement
Advertisement
Advertisement
Advertisement

जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

  |      14:47:00   |  
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

वैशाख १८,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा। बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ ।

पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ ।

उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

बबी सिंहसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।
नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।

सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी/मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो ।

उनको १२ वैशाखमा भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । सोही कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो । यसअघि भिडिओ भाइरल भएपछि नेतृ सिंहले समेत घटना भारतको सीतामढिको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । उक्त पेस्ताल खेलानौ भएको उनको दाबी थियो ।

तर घटना सीतामढीको नभई सर्लाहीको भएको खुलेको छ । बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement