चैत २६ काठमाडौं । पर्सामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
३४ वर्षीया छपकैया (नाम परिवर्तन) पक्राउ परेका हुन्।
उनलाई साइबर ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार (चैत २२) पक्राउ गरेको हो।
नेसनल सेन्टर अफ मिसिङबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा बालिकामाथि यौन शोषण भइरहेको खबर आएको थियो।
साइबर ब्युरोको सहयोगमा अनुसन्धान गर्दैगर्दा प्रमाणसहित छपकैयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
भारत घर भई यहाँ व्यवसाय गरेर बस्ने गर्थे, श्रीमती नभएको बेला छोरीमाथि बलात्कार गरेर भिडिओ बनाउने रहेछन्,एसपी मिश्रले भने।
उनले बनाएको भिडिओहरू गुगल ड्राइभमा राखेकाले निगरानीको क्रममा बालिकामाथि बलात्कार भएको रिपोर्ट आयो। उनको मोबाइलमा पनि बाल यौन शोषणका सामग्री देखाएर बलात्कार गरेको भिडिओहरू भेटिएको एसपी मिश्रले जानकारी दिए।
उनीविरूद्ध करणीसम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ।