 
                                    
                                वैशाख १७,काठमाडौं । बाँकेमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनकै बाबु-आमाको संलग्नता देखिएको प्रहरीले बताएको छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरस्थित कुलोमा बालकको शव गाडिएको अवस्थामा भेटिएको थियो।
बालक हराएको सातौं दिनमा प्रहरीले सडेगलेको अवस्थामा गत सोमबार अपराह्न ५ बजे शव फेला पारेको हो।
घटनाको अनुसन्धानका क्रममा कुशलको हत्यामा उनकै आमा ३२ वर्षीया यशोदा बुढा र उनकी श्रीमान ३३ वर्षीय निरकनाथ योगीको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।
कुशल कसको छोरा हो भन्ने विषयमा विवाद हुँदा यशोदा र निरकनाथले नै उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्। उनीहरूलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार नै अनुमति दिएको थियो।
कुशलको हत्याको पृष्ठभूमि बुझ्न यशोदाको विगतमा फर्किनुपर्ने प्रहरी बताउँछ। निरकनाथ यशोदाका दोस्रो श्रीमान् हुन्। पहिलो श्रीमान् कैलालीको जानकी गाउँपालिका ३ का थिए। उनको ७ वर्षअघि नै मृत्यु भएको थियो। उनीबाट यशोदाले कुशललाई जन्म दिएकी थिइन्।
पहिलो श्रीमानको निधन भएपछि यशोदाले दैलेखको दुल्लु नगरपालिका– १० का निरकनाथसँग विवाह गरेकी थिइन्। उनी मजदुरी गर्छन्। 
यद्यपि विवाह गरेको कुरा यशोदाले लुकाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यहाँसम्म कि आफूलाई एकल महिला बताएर उनले जानकी गाउँपालिका वडा १ बाट भत्तासमेत लिँदै आएको भेटिएको छ।
पहिलो श्रीमानको घरपरिवारलाई मात्रै होइन, अहिलेको श्रीमान निरकनाथसँग पनि यशोदाले आफू विवाहित भएको कुरा लुकाएकी थिइन्। उनीहरू कोहलपुर नगरपालिका ११ कृषि चोकमा बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार यशोदाले कुशललाई कोहलपुर माविमा पढाएकी थिइन्। उनी कक्षा ३ मा पढ्थे। विद्यालयमा उनले कुशलको बाबुको नाम सन्तोष खनाल लेखाएकी थिइन्। यद्यपि कुशलको बाबु मुस्लिम समुदायका हुन्। यसले विद्यालयमा पनि यशोदाले छोराको बारेमा गलत विवरण टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
निरकनाथलाई भने अनेक भनेर कुशल आफ्नो छोरा नभएको विश्वास दिलाउँदै आएकी थिइन्।
कोहलपुर सरेपछि यशोदा पूर्वपतिको घर फर्किएकी छैनन्। कुशललाई भने इद पर्वमा घर पठाउँथिन्। उनी नेपालगन्जसम्म जान्थिन्। त्यहाँबाट गाडी चढाएर कुशललाई घर पठाएर आफू डेरा फर्किन्थिन्।
यसपालि पनि इद मनाउन आउनु भनेर यशोदालाई घरबाट खबर आएको थियो। योपटक पनि छोरालाई जानकी गाउँपालिका जाने बस चढाएर आफू फर्किइन्।
तर यसपटक भने कुशल पनि फर्किएर डेरामा पुगे। उनी डेरामा पुगेपछि कुशल कसको छोरा हो भन्ने विषयमै यशोदा र निरकनाथबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विवादमा निरकनाथले कुशल यशोदाकै छोरा रहेको दाबी गरिरहे, यशोदाले होइन भन्ने अडान लिइरहिन्,अनुसन्धानमा खटिएका एक प्रहरीले भने।
त्यसपछि दुवै मिलेर कुशलको हत्या गरेको प्रहरी निरीक्षक पौडेलले बताए।
दुई जना मिलेर छोराको हत्या गरेपछि यशोदा आफैले छोरा हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदन दिए पनि उनले त्यति धेरै चासो नदेखाएको अनुसन्धानमै खटिएका प्रहरीले बताए।
वैशाख ८ गतेदेखि हराएको भनिएको कुशलको शव नौलापुरमा पानी नआउने कुलोमा गाडिएको अवस्थामा भेटिएको थियो। शव भेटिएको ठाउँ उनीहरूको डेराभन्दा झन्डै १३ किलोमिटर पर हो।
गोठालो गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अगाडि यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्।
उनीहरूले कुशललाई घरमै हत्या गरी त्यहाँ लगेर शव गाडेको वा त्यहीँ पुर्याएर हत्या गरेको भन्ने विषय अनुसन्धानमै रहेको प्रहरी निरीक्षक पौडेलले बताए।
कुशल मृत भेटिएको खबर पाएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए।
कुशल बेपत्ता भएको जानकारी यशोदाले घर परिवारलाई पनि दिएकी थिइनन्। कुशलको हत्यामा यशोदा र निराकतको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...