Advertisement
Advertisement
Advertisement
Advertisement

चौध वर्षदेखि बेखबर छिन् सञ्चमाया

  |      10:36:00   |  
चौध वर्षदेखि बेखबर छिन् सञ्चमाया

वैशाख ६ काठमाडौं । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो। घरमा श्रीमान् र पाँच बालबच्चा थिए। ‘एजेन्ट’ ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उनलाई पैसाको लोभ भयो। विसं २०६८ मा इलामबाट झापा पुर्‍याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर छिन्।

‘आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन,’ सञ्चमायाकी छोरी सृजनाले भनिन्, ‘एजेन्टले दिल्ली पुर्‍याएपछि १४ दिन बिरामी पर्नुभएछ। त्यसपछि साउदी पुर्‍याएको खबर सुनियो। तर आमासँग कुरा हुन पाएन।’

गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ। ‘एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ,’ सृजनाले भनिन्, ‘म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो। सम्पर्क छैन। न सास, न लास केही पत्तो भएन।’

सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गरेकी छन्। ‘नागरिकता भए सजिलो हुन्थो रे१ मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौं। तर, आगलागी हुँदा ढड्डा डढ्यो भनिन्। खै केही उपाय होला कि।’
सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताए। 
‘सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी) मार्फत हामी नागरिकता नम्बर खोजीमा छौं। कसले फसायो। उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ,’ वडाध्यक्ष बम्जनले भने, ‘सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ। खेती किसानी गरेर बच्चा हुर्काए। अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन्। वडा साथमा छ।’

श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन। सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन।‘धेरै पढ्नु भएन। बोल्न, भन्न आँट गर्नुहुन्न। हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौं। भाग्य रहेछ भने आमा भन्न पाइएला,’ कान्छा छोरा बिराजले भनिन्। 

सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज छन्। बिराज माध्यमिक तह पढिरहेकी छन्। छोरी सृजना झापा बसेर ब्याचलर गरिरहेका छन् भने तीन छोरा भारतमा श्रम गरिरहेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement