Advertisement
Advertisement
Advertisement
Advertisement

चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न

  |      13:34:00   |  
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न

चैत २६ काठमाडौं । चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भएको सो प्रतियोगितामा चितवनका महिला ड्राइभरहरु सहभागी भएका थिए ।

सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलापुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो । त्यसैगरी ब्रेक पश्चात बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर समापन भएको थियो । त्यसपछि बिसहजारी ताल हुँदै सौराहा पुगेको थियो ।
टाइम, स्पिड र डिस्टेन्स (टीएसडी) का आधारमा आयोजना गरिएको प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे भने शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशा देवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले ड्राइभर र नेभिगेटरको रुपमा भूमिका निभाएका थिए ।
त्यसैगरी सौराहास्थित चित्रसारी ग्राउन्डमा आयोजित नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ विजयी बनिन् भने कल्पना पौडेल र सावित्री रेग्मीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन् ।

यस बिचमा रिभर बैंक जंगल रिसोर्टमा आयोजित एक कार्यक्रममा अष्ट्रेलिया देखि नेपाल सम्म गाडीमा यात्रा गरेर आएका दिनेश कठायत र स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट्स गेममा सहभागी प्रज्ञा कँडेलले आफ्ना अनुभव सुनाएका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार शाक्य, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई लगायतले फ्ल्याग डाउन गरेर शुभारम्भ गरेको सो कार्यक्रमका सबै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रम समापनको अवसरमा नेपाल अटोमोबाइल्स एसोसिएसन ९नासा नेपाल० का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार लगायत वितरण गरेका थिए भने विभिन्न प्रायोजक कम्पनीहरुले गिफ्ट ह्याम्पर प्रदान गरे ।

आयोजक बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले सहभागी सबै खेलाडी र कार्यक्रम आयोजना गर्न सहयोग पु-याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement