Advertisement
Advertisement
Advertisement
Advertisement

चितवनमा महिला मोटर र्‍यालीको आयोजना हुने

  |      13:34:00   |  
चितवनमा महिला मोटर र्‍यालीको आयोजना हुने

चैत १७ काठमाडौं । चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

प्रतियोगिता आगामी चैत्र २५ गते हुनेछ, जसमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग हुँदै सञ्चालन गरिनेछ।
प्रतियोगिताका सहभागीले तोकिएको गतिको पालना गर्दै, तोकिएका चेकपोइन्ट पार गर्नुपर्नेछ। प्रतियोगिताको प्रारम्भ चितवन उद्योग वाणिज्य संघ, भरतपुरबाट गरिनेछ भने समापन सौराहामा हुनेछ।

प्रतियोगितामा ३० वटा गाडी र ६० जना महिला चालक सहभागी हुनेछन्। सहभागी हुन इच्छुक महिला चालकहरूले अनलाइन फारम भरी नाम दर्ता गर्न सक्नेछन्, तर त्यसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स लिनुपर्नेछ।
प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने २ जना महिला चालकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगितामा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल टोली र अन्य गरी १०० जनाको सहभागिता रहनेछ।

यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिनेछ भने सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ तथा रोड सेफ्टी सम्बन्धी ओरियन्टेसन समेत प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नेछिन् । करिब ११ लाख ६० हजार रुपैयाँ बजेट अनुमान गरिएको यस कार्यक्रमको व्यवस्थापन स्थानीय उद्यमी, व्यवसायी तथा दर्ता शुल्कबाट गरिनेछ।

साथै, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल्स डिलर एसोसिएसन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद र रेवान सौराहा यस प्रतियोगितामा सहयोगी संस्था रहनेछन्।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजनमार्फत गरिनेछ भने नेपाल अटोमोबाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय प्रशिक्षित मार्शलहरू निर्णायकको रूपमा रहनेछन्। यस र्‍यालीले महिला सशक्तिकरण, साहसिक खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकले व्यक्त गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement