Advertisement
Advertisement
Advertisement
Advertisement

गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?

  |      14:08:00   |  
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?

चैत १३ काठमाडौं । गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ ।

गर्मीमा आँखा यसरी रातो किन हुन्छ ? चर्को घाम, घुलो माटोलगायत अन्य कयौँ कारणले गर्दा गर्मीको मौसममा आँखा रातो हुने गरेको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा आँखा बिझाउने वा पोल्ने समस्या पनि आउँछ ।
आँखाको रातोपन र पोल्ने समस्या कम गर्न आइस प्याकले आँखा सेक्न सकिन्छ । यसका लागि हलुकासँग आइस प्याकलाई आँखामाथि केही मिनेटसम्म राख्नु पर्छ । यस्तो गर्दा आँखालाई शीतल हुन्छ । आँखामा आइस प्याक लगाउनु अघि हात राम्ररी सफा गर्न भने नभुल्नुहोला ।
शरीरमा पानीको कमीका कारण पनि गर्मीमा आँखा सुख्खा भएर रातो हुने पोल्ने समस्या देखिन सक्छ । शरीरलाई सुख्खा हुन नदिन दिनभरि पर्याप्त मात्रामा पानी पिउनुहोस् । पानीले शरीरमा भएको सङ्क्रमणहरूलाई पनि बाहिर निकाल्ने विज्ञहरू बताउँछन् ।

गर्मीको मौसममा आँखाको सङ्क्रमणबाट बच्नका लागि घर बाहिर जाने बेलामा यूभी प्रोटेक्शन भएको चस्मा लगाउनुहोस् । यसले गर्मी र धुलो दुबैबाट आँखालाई जोगाउँछ ।

गर्मीमा शरीरमा खुबै पसिना आउँछ । कहिलेकाहीँ पसिना बगेर आँखामा पस्दा पनि पोल्ने र इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्छ । त्यसैले बाहिरबाट घर छिर्ने बित्तिकै वा दिनभरमा ३र४ पटक आँखालाई सफा अनि चिसो पानीले धुनुहोस् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement