Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती पत्नीको हत्या गरी बिच सडकमा पुरेपछि...

  |      17:35:00   |  
गर्भवती पत्नीको हत्या गरी बिच सडकमा पुरेपछि...

चैत १७ काठमाडौं ।  इलाम फाकफोकथुम गाउँपालिका–३, आमचोकको सल्लेरीका युवक उमेश गिरीले पत्नी बेपत्ता भएको भन्दै चैत १ मा आमचोक प्रहरीमा निवेदन दिए। १९ वर्षीया गर्भवती विमला कट्टेल (गिरी) हराएको सूचना पाएपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास गर्‍यो।

दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब ४५ मिनेटको पैदल दूरीमा रहेको कच्ची बाटोको बिच दाहाल गोलाई ९धार्नेखोप० मा विमलाको शव माटोमुनि गाडिएको पायो।

तर, गर्भवती विमलालाई एक्स्काभेटर नै प्रयोग गरी सडकको बीचमा लगेर गाड्ने अरू कोही नभएर एक वर्षअघि ‘सँगै जिउने–सँगै मर्ने कसम’ खाएका उनै उमेश थिए।

विमला हराएको घटनाको अनुसन्धानक्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो। र, विमलाको शव बिच सडकमा गाडिएको पनि उमेशले नै देखाएपछि घटनाको रहस्य खुलेको हो।

विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको छ।

प्रहरीको अहिलेसम्मको अनुसन्धानअनुसार उमेश विवाहेत्तर सम्बन्धमा रहेको र त्यसैकारण पत्नी हत्या गरेको हुनसक्ने देखिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले त्यसअघि पनि घरमा पति–पत्नीको सामान्य घरझगडा हुनेगरेपनि हत्याको धम्की दिनेगरेको चाहिँ नखुलेको बताए। 

‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाँऔं भनी घरबाट लगेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘उमेशको बयानअनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छ, पत्नी सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेको र खाडल खनेर गाडेको देखिन्छ।’

गर्भवती पत्नीको हत्या गरी सडकको बीचमा लगेर गाड्ने जस्तो संवेदनशील घटनाले आफू पनि चकित भएको एसपी कोइराला बताउँछन्। ‘घटनाको प्रकृति हेर्दा यो सामान्य हत्या मात्रै होइन,’ एसपी कोइरालाले भने, ‘गर्भवती पत्नीको हत्या गरेर बिच सडकमा गाड्नु अत्यन्त्र हिंस्रक र गम्भीर प्रकृतिको घटना हो। विस्तृत अनुसन्धान गरिरहेका छौं।’ पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन्।

घटनामा उमेशबाहेक अरूको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आरोपित उमेशलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement