वैशाख १७ काठमाडौं । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ ।
प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो ।
दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ ।
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...