चैत २६, काठमाडौँ । कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख ३ गतेसम्म रहने सरकारको पछिल्लो घोषणामार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै कुुरा यथावत छ ।
भागदौडको जिन्दगीमा अचानक लागेको यो ब्रेक र कोरोना भाइरसको डरले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्न सुुरु गरेको छ ।
यसबीच चिन्ता, डर, एक्लोपना र अनिश्चितताको माहौल बनेको छ । दिनरात मानिसहरु कोरोनाभाइरससँग जुुधिरहेका छन् ।
काठमाण्डौमा बसिरहेकी रमिला तिवारी दैनिक कोरोनाभाइरस, लकडाउन र अर्थव्यवस्थाका खबर पढ्छिन् ।
रमिलाको आफ्नै रेष्टुुरेण्ट छ, जुुन आज बन्द भएको छ, तर उनको खर्च भने पहिलेजस्तै चालूू छ ।
अगाडि आशा देखिँदैन
रमिला भन्छिन्–‘हाम्रो बिजनेस त लकडाउनका कारण पहिले नै धराशायी भइसकेको थियो। त्यसपछि पूर्ण रुपमा नै बन्द भयो । अब त एक महिना पनि बित्न लाग्यो, तर अगाडि के हुुने हो थाहा छैन । एक बिजनेसवुुमन भएको नाताले आफ्नो कर्मचारीहरुको तलब दिन्छुु तर हाम्रो खर्च बाँड्ने कोही छैन । यो सबै सोच्दा कसैको पनि चिन्ता बढ्छ नै । म त पूरा एक वर्ष कुनै आशाको किरण उदाउने आशामा छैन ।’
कोही मानिसहरु हालको स्थितिमा डराइरहेका वा एक्लोपनको महसुुस गरिरहेका छन् ।
ललितपुरमा बस्दै आएकी सुनिता लकडाउनयता आफ्नो पति र बच्चाहरुसँग घरमै बसेकी छिन् ।
उनी भन्छिन्–‘सुुरुमा परिवारका साथ बस्दा राम्रो लागेको थियो र त्यो बेला कोरोना भाइरसको डर पनि धेरै थिएन । तर अब दैनिकजसो खबर हेर्दा डर लाग्छ कि हामीलाई के होलारु मलाई बारम्बार परिवारमा कसैलाई कोरोना भाइरस लाग्छ कि जस्तो लाग्छ । यदि सरकारले लकडाउन खोल्यो भने पनि हामी सबै के गर्नेरु कोरोना भाइरसजस्तै मेरो मस्तिष्कमा छाइरहन्छ ।’
कतिपय व्यक्तिहरु यो समयमा आफ्नो घर र साथीहरुबाट पनि टाढा छन् । एक्लै यो अवस्थासँग जुधिरहेका छन् । एउटा कोठामा बन्द अनिश्चित भविष्यको बारेमा सोचेर उनीहरुको मानसिक समस्या बढेको छ।
मानसिक स्वास्थ्य सम्बन्धी मनोवैज्ञानिक डाक्टरहरु भन्छन्–‘मानिसका लागि माहौल नै पूूरै बदलिएको छ । अचानक स्कूूल, अफिस, बिजनेस बन्द भइसके, बाहिर जान पर्दैन र दिनभर कोरोना भाइरसबारे खबर हेर्नुुपर्छ । यसको असर मानसिक स्वास्थ्यमा पर्नु स्वभाविक हो ।’
मानिसहरुलाई तनाव हुुनुुुका ३ कारण छन् । जसमध्ये पहिलो कारण हो कोरोना भाइरसबाट संक्रमित हुने डर । दोश्रो हो नोकरी वा कारोबारको अनिश्चितता र तेस्रो लकडाउनका कारण एक्लोपना ।
तनाव बढेपछि शरीरमा असर
डाक्टरहरु भन्छन्–‘यस्तो स्थितिको असर तनाव बढ्न थाल्छ । सामान्य तनाव त हाम्रो लागि राम्रै हुुन्छ यसबाट अगाडि बढ्न प्रोत्साहन मिल्छ तर धेरै तनाव दुुःख बन्छ । यो तब हुुन्छ, जब हाम्रो अगाडि जाने बाटो देखिँदैन । नर्भस हुुन्छ, ऊर्जाहीन महसुुस हुुन्छ । हाल महामारीले अनिश्चितता र भ्रम बढाइरहेको छ कि यो सबै ठीक कहिले हुने हो, थाहै छैन । यस्तो बेला सबै तनावको खतरा हुुन्छ ।
तनावको असर शरीर, दिमाग, भावना र व्यवहारमा पर्दछ । हरेक व्यक्तिमा यसको असर भने अलग–अलग हुुन्छ ।’
शरीरमा असरः बारम्बार टाउको दुुख्ने, रोग प्रतिरोधक क्षमता कम हुुनुु, थकान र रक्तचापमा उत्तारचढाव
भावनात्मक असरः चिन्ता, रिस, डर, चिडचिडाहाट, उदासी र भ्रम
दिमागमा असरः बारम्बार नराम्रो विचार आउनुुु, जस्तो मेरो नोकरीबाट हात धुुनुुपर्ला, परिवार कसरी चलाउने, मलाई कोरोना भाइरस भए के गर्ने, सही र गलत छुट्याउन नसक्नु ध्यान केन्द्रित गर्न नसक्नु
व्यवहारमा असरः यस्तो बेला मानिस रक्सी, तम्बाकूू, सिगरेटको सेवन धेरै गर्न थाल्दछ । कोही धेरै टीभी हेर्न थाल्ने, कोही चिच्याउन थाल्ने, कोही भने मौन बस्ने
कसरी भगाउने तनाव र?
मानसिक तनावको स्थितिबाट बाहिर निकाल्न धेरै जरुरी छ नत्र तनाव अन्तहीन हुनसक्छ । डाक्टरहरुका अनुसार तपाईँ कुनै तरिकाबाट आफैं शान्त राख्न सक्नुहुन्छ ताकि तपाईँ स्वस्थ रहनुहोस् ।
१।आफैं मानसिक रुपमा मजबुत हुन जरुरी छ । सबै ठीक हुनेछ भन्नेमा केन्द्रित हुुदै विश्व नै यो कोशिशमा जुटेको भनेर थुमथुमाउने र धैर्यधारण गर्ने
२।तपाईँको सम्बन्ध सुदृढ बनाउनुुहोस्, स–सानो कुरामा अन्यथा नमान्ने, एकअर्कामा वार्तालाप गर्ने र परिवारका सदस्यहरुको ख्याल राख्ने, नकारात्मक कुराकानीको चर्चा नगर्ने
३।घरबाट बाहिर निस्कन नसके पनि छत, झ्याल, बाल्कोनी वा घरको बगैंचामा आएर खडा हुुनुुहोस् । बिहानको घामले पनि राम्रो महसुस गराउँछ ।
४।आफ्नो दिनचर्या बनाइराख्ने यसले हामीलाई एउटा उद्देश्य मिल्छ र सामान्य महसुस हुुन् । सदाझैं समयमा सुुत्ने, उठ्ने, खानपिन र व्यायाम गर्ने
५।एक महत्वपूर्ण तरिका यो हो कि यो समयमा आफ्नो रुचि पूरा गर्ने। अहिलेको फुर्सदिलो समयलाई अधूरो इच्छा पूरा गर्नमा लाग्ने
६।आफ्नो भावना व्यक्त गर्दै परिवार र साथीसँग डर, उदासी भए पनि भित्र नै छोपेर राख्ने वा सेयर नगर्ने । जुन कुराले नराम्रो महसुस हुन्छ, त्यसलाई पहिचान गरी सकारात्मक नतिजामा पुर्याउन कोशिश गर्ने
७।तपाईँ परिवारकै साथ घरमा नै भए पनि आफ्नो लागि केही समय निकाल्नुहोस् । तपाईँ जे सोचिरहनु भएको छ त्यसलाई विचार गर्ने । आफूलाई आफैंले सवाल गर्ने जसरी हुुन्छ, सकारात्मक नतिजा पुग्न कोशिस गर्ने
८।सबैभन्दा ठूलो कुरा खराब समयमा पनि राम्रो पक्षमा हेर्नुहोस् । जसरी अहिले महामारी छ, लकडाउन छ, तर यसबीच तपाईँ परिवारका साथ समय बिताइरहनु भएको छ । आफ्नो रुचि पूरा गर्नका लागि धेरै समय लाग्छ । यो मौकामा ध्यान दिनुहोस् ।
खबरहरुको ओभरडोज नलिनुस्
आजकल टीभी र सोसल मिडियामा चातर्फी कोरोना भाइरससँग जोडिएका खबरहरु आइरहेका छन् । हरेक सानो ठूूलो, सही गलत खबर मानिसहरुसम्म पुुगिरहेको छ । डाक्टरका अनुुसार यसले पनि मानिसलाई टेन्सन बढिरहेको छ किनकि एउटै किसिमको कुुराकानी सुुनेर, देखेर वा पढेर मात्र हैन सोचेर पनि ।
इन्सिच्युुट अफ ह्युुमन विहेभियर एण्ड एलाइड साइन्सेस९इहबास०का निर्देशक डा।निमेश जी। देसाई भन्छन्–‘यसका लागि जरुरत भएको मात्र खबर हेर्न र पढ्नुुपर्छ । उनीहरुलाई सम्झना होला कि एउटै कुरा बारम्बार हेरे उसको दिमागमा त्यही चल्छ । यसैकारण दिनभरको समयमा एउटा समय तय गरी सोही समय न्यूूूज च्यानल हेर्नुुहोस् ।’
डाक्टर देसाई सल्लाह दिन्छन्–‘यो समय ध्यान साझा गर्नु महत्वपूूर्ण छ । यसका लागि आफैं दोस्रो काममा व्यस्त राख्नुहोस् । साथी र परिवारजनसँग कुराकानी गर्दै वा आफ्नो मनपर्ने काममा ध्यान लगाउनुहोस् । यो समयमा केही लेख्न पनि राम्रै हुन्छ ।’
यदि सेल्फ आइसोलेशनमा भए
कैलालीका प्रकाश शाह सेल्फ आइसोलेसनबाट भुुक्तभोगी छन् । उनी जुन अस्पतालमा सामान्य उपचार गर्न गएका थिए, सोही ठाउँमा एक व्यक्ति यस्ता थिए, जसमा कोरोना संक्रमणका लक्षणहरु थिए ।
यसपछि प्रकाशलाई पनि सेल्फ आइसोलेशनमा बस्नुपर्यो । उनले टेष्ट पनि गरे तर रिजल्ट नेगेटिभ आयो ।
यस्तो मामलामा डाक्टरहरुको सल्लाह छ–‘यो दौरान मुश्किल त अवश्य हुन्छ तर आफैंलाई सम्हाल्न जरुरी हुुन्छ । जबसम्म परीक्षणको नतिजा आउँदैन तबसम्म आफैं कुुनै नतिजामा पुग्नहुदैन । दिमागलाई नियन्त्रित बनाइराख्ने र केही न केही गर्दै व्यस्त रहनुपर्छ ।’
यस्तो मामलाको पछाडि एक खास मानसिक स्थिति पनि लुकेको हुन्छ।
विज्ञ भन्छन्–‘अक्सर केही गलत भएमा हामी रिस, गल्ती गर्ने उपर निकाल्दै शान्त हुन्छौं । उसलाई नराम्रो भनेर आफ्नो गुुबार निकाल्छौं तर यो महामारीले मानिसमा चिडचिडाहाट र डर पैदा भइरहेको छ । रिस निकाल्न कहीँ पाइरहेका छैनन् । डरको एक रुप रिस र अस्वीकृति पनि हो ।’
पहिले घरमा लडाईँ हुन्थ्यो, साँझसम्म सुुुल्झाइन्थ्यो किनकि सबैजना घरभन्दा बाहिर निक्कन्थे । ध्यान मोडिन्थ्यो तर अब एकअर्का आमुुनेसामुने बस्नुपरेको छ । झगडा पनि हुन्छ र रिस पनि भित्रै हुन्छ । साथै महामारीमा जिम्मेवारी पनि कसैलाई ठहराइरहेका छैनन् । यसैले कोरोना भाइरसको संक्रमितको आशंका गरिएका मानिस र बिरामीमाथि रिस निकाल्ने गरिन्छ । उनीहरुलाई एक निशाना मिल्छ ।
मानसिक रोगीको समस्या
यो लकडाउनको दौरानमा ती व्यक्तिहरुको समस्या बढ्यो जुन पहिले नै केही मानसिक रोगसँग संघर्ष गरिरहेका छन् ।
नेशनल इन्सिच्युुट अफ मेन्टल हेल्थ एण्ड न्यूूरोसाइन्सको एक रिपोर्ट अनुुसार उनले पहिलो दिन साइकोलिजकल हेल्पलाइनमा १ हजार फोन र दोस्रो दिनमा ३ हजार फोन प्राप्त गरे ।
मानिसहरुको मानसिक स्वास्थ्य समस्याहरु बढेको छ । तनाव, निराशाजस्ता समस्याहरु भएका व्यक्तिहरु बढेका छन् ।
विज्ञको टप्स
मानसिक स्वास्थ्यको स्थितिलाई ध्यान राख्दै भारतको स्वास्थ्य मन्त्रालयका विज्ञहरुले पनि यसबारे केही टिप्स दिएको छः
मन्त्रालयको वेबसाइटमा भिडियोका मद्धतले तनावबाट बच्न विद्याथी र मातापिताले के गर्ने भन्ने बारे बताइएको छ ।
विश्वभरिमा कोरोनाभाइरसले उत्पन्न स्थितिमा यसले बच्चाहरुको दिमागमा धेरै प्रभाव बनाएको छ । उनीहरुको रुटिनसमेत बदलिएको छ । स्कूल बन्द छ र बाहिर खेल्न पनि सक्दैनन् ।
यस्तो बेलामा उनीहरुको बायोलोजिकल तालिकाबमोजिम नै चल्न दिइनुपर्छ । जबरजस्ती उनीहरुका लागि नयाँ तालिका र काम तय गर्नु हुँदैन ।
जस्तैःबिहान चाँडै उठ्ने, योगा गर्ने, अनलाइन कक्षा लिएर केही नयाँ सिक्ने । उनीहरुलाई पनि बदलिएको परिस्थितिमा एडजस्ट हुने समय दिइनुपर्छ ।
बीबीसी