वैशाख ८ काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ ।
खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो ।
मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।
घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।