Advertisement
Advertisement
Advertisement
Advertisement

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

  |      13:31:00   |  
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

वैशाख २५,काठमाडौं । सिल्वर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित भएकी छन्। न्यु विजनेश एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। 

छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्णाली एग्रो उद्योग’की कलशादेवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेश प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललिपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गरेका छन्। 

यो अवार्ड उद्यमशीलतामा सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्न सन् २०२१ देखि विभिन्न ६ विधामा प्रदान गरिँदै आएको छ। यस वर्षको प्रविधि महिलातर्फको अवार्ड ‘जनरल टेक्नोलोजी प्राली’की सुनयना पाण्डेले प्राप्त गरेकी छन्। 

त्यसैगरी व्यवसायी महिलातर्फको अवार्ड ‘सिद्धार्थ आर्ट ग्यालरी’की सङ्गीता थापाले र युवा महिला व्यवसायी विधामा एबी एग्रो कि केश्मा थापाले, प्रेरणादायी महिला उद्यमीतर्फ ‘युनिक सेवा गार्मेन्टस्’की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गरेका छन्। 

‘नमुना सिलाइ’की संस्थापक ज्ञानी शोभा तुलाधरले  महिला उद्यमतर्फ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरिन्। आयोजक संस्थाका अनुसार विभिन्न मापदण्डका आधारमा देशभर सक्रिय २ हजारभन्दा बढी महिला उद्यमीमध्येबाट ५ सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन्। 

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले कानून बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताए। व्यावसायिक क्षेत्रमा लैङ्गिक समानता प्राप्त गर्नमा बाधा रहेको उनको भनाइ छ। 

उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताए। कार्यक्रममा महिला उद्यमका समग्र अवस्था, चुनौती र भविष्यका विषयमा छलफल गरिएको थियो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement