Advertisement
Advertisement
Advertisement
Advertisement

अढाइ महिनासम्म पनि आएन बबिताको होस

  |      13:18:00   |  
अढाइ महिनासम्म पनि आएन बबिताको होस

चैत १४ काठमाडौं । जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिताकुमारी यादव साढे दुई महिना बित्दा समेत अचेत छिन् ।

माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा उनको उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था ‘सुधारोन्मुख’ भने पनि होस भने अझै आएको छैन । उनका श्रीमान् अंगेशकुमार यादवका अनुसार, आर्थिक अभावकै कारण प्रभावकारी उपचार हुन सकेको छैन । औषधि किन्ने पैसा अभावमा अवस्था झन् बिग्रिने चिन्ता छ ।
‘एकसाता अघि अक्सिजन पाइप हटाउँदा २४ घण्टासम्म आफैं सास फेर्न सकिन् । तर औषधि रोकिँदा फेरि अघिकै अवस्थामा फर्किइन्,’ अंगेशले दुखेसो पोखे ।

अस्पतालले उपचार जारी राखे पनि फार्मेसीले औषधि उधारो दिन अस्वीकार गर्दा समस्या भएको उनले बताए । ‘हालसम्म अस्पतालको फार्मेसीको करिब एकलाख रुपैयाँ उधारो छ,’ उनले भने, ‘केएमसी अस्पतालमा भर्ना भएदेखि औषधिमा मात्र ५ लाखभन्दा बढी खर्च भइसकेको छ । अस्पतालको सबै उपचार खर्च तिर्न बाँकी छ ।’
त्यसैले उनी एक आफन्तलाई श्रीमतीको कुरुवा राखेर ऋणरसापटी खोज्न गाउँ आएका छन् ।

‘औषधि पसलले उधारो दिन छाडेपछि तत्काललाई एक आफन्तबाट २० हजार रुपैयाँ मागेर फार्मेसीलाई बुझाएँ अनि आफन्तलाई कुरुवा राखेर मंगलबार ऋण सापटी खोज्न गाउँ आएँ,’ उनले भने, ‘हालसम्म ऋण र सापटी गरेर करिब १५ लाखभन्दा बढी खर्च भइसकेको छ ।’

गाउँघरमा ऋण र सापटी पाउनै छाड्यो । बबिताको घरको आर्थिक स्थिति कमजोर छ । अंगेश भारतको हैदरावादस्थित बोरा सिउने कम्पनीमा मजदुरी गरिरहेको बेला बबिताको स्वास्थ्य बिग्रिएको खबरपछि उनी नेपाल फर्किएका थिए ।

बबिताको उपचारमा लापरबाही सम्बन्धी समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको पीडारी चोक स्थित कमल राइन संचालक रहेको अवैध मुस्कान अस्पतालमा छड्के गरेका थिए । विना स्वीकृति संचालन रहेको पाएपछि अस्पताल बन्द गराउँदै मुख्यमन्त्री सिंहले बबिताको राम्रो अस्पतालमा लगेर उपचार गराउन र सम्पूर्ण खर्च तिर्न निर्देशन दिएका थिए । तर, अस्पतालका सञ्चालकहरूले अहिलेसम्म कुनै चासो नदेखाएको अंगेशको गुनासो छ ।

उपचारमा आर्थिक अभाव सम्बन्धी अनलाइनखबरले समाचार सार्वजनिक गरेपछि मधेश सरकारको निर्देशनमा मुस्कान अस्पतालले एकलाख रुपैयाँ पीडित पक्षलाई दिएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement