Advertisement
Advertisement
Advertisement
Advertisement

४० वर्षीया समियाला घुम्टोबाट निस्केर समाजसेवामा

४० वर्षीया समियाला घुम्टोबाट निस्केर समाजसेवामा

►पर्वत पोर्तेल

पुस ७, कचनकवल, झापा । कचनकवल गाउँपालिका–५ फूलबारीकी ४० वर्षीया समियाला खातुनको स्वभाव सानैदेखि ‘कडा’ खालको थियो । यो गाउँका मुस्लिम महिलाहरू पुरुषका अघिल्तिर उभिनु इस्लाम धर्मको प्रतिकूल ठान्थे । तर, उनी भने धर्मका कुरीतिबारे वादविवाद नै गर्थिन् ।

उनका धेरै संगीहरू स्कुल जान सक्दैनथे । कसैलाई आर्थिक समस्याले त कसैलाई सामाजिक कुरीतिले बाटो छेकेको थियो । तर, समियालाले झन्डै ३ किलोमिटर टाढाको लक्ष्मी मावि बनियानीमा १० वर्ष धाइन् । तर, विडम्बना सानैमा उनको बाबु बितेका थिए ।

रोगी आमाले उनलाई पढाउन सकिनन् । पछि आमा पनि बितेपछि उनी टुहुरो बनिन् । ‘धेरै पढ्ने इच्छा थियो तर आर्थिक समस्याले दिएन,’ समियालाले सुनाइन्, ‘पढ्न नपाएकोमा अहिले पछुतो लागिरहन्छ ।’ यिनको समुदायमा पढेलेखाका छँदै छैनन् भन्दा पनि हुन्छ । गाउँमा जान्ने बुझ्ने भनेको उनी मात्रै हुन् । सामियाला २०५५ सालदेखि गाउँमा समाजसेवामा सक्रिय छन् ।

गाउँमा हुने सानातिना वादविवाद मिलाउनदेखि बिरामीलाई अस्पताल पुर्‍याउन र गाउँपालिका देखाउन उनी आफै जानुपर्ने हुन्छ । ‘धेरैले त बनियानी बजार पनि देखेका छैनन्,’ उनी भन्छिन्, ‘सदरमुकाम भद्रपुर त उनीहरूका लागि विदेश हो ।’ आमा बितेपछि उनले बिहे गरिन् । सानै उमेरमा विवाह गर्नु उनको बाध्यता थियो ।

गाउँकै हुर्मुज मियाँसँग विवाह गरेकी उनलाई केही समय सासुससुराको डर भयो । घुम्टो लगाउनु यो समुदायमा अनिवार्य छ । तर, उनी धेरै समय घुम्टोमा लपेटिएर बस्न सकिनन् । भन्छिन्, ‘घुम्टो लगाएर घरधन्धा गरेर बस्ने मेरो स्वभाव नै थिएन ।’ घुम्टो त्याग्न केही समय संघर्ष गर्नु पर्‍यो । तर, पतिको साथ र सहयोगले उनलाई त्यति गाह्रो भएन । अरु मुस्लिम महिलालाई जस्तो उनलाई घर बाहिर निस्किन अप्ठ्यारो भएन । एक पटक उनी महिला हिंसासम्बन्धी कार्यक्रममा भाग लिन एक्लै नवलपरासी पुगिन् । त्यहाँबाट आएपछि गाउँटोलमा कुरा काट्नेहरू पनि थिए । पतिको साथ भएकाले उनले वास्तै गरिनन् । ‘घर बाहिर कतै बजार जाँदा पनि गाउँतिर चासो लिने गर्छन्,’ उनी भन्छिन्, ‘आफू सही बाटोमा हिँडेपछि कसैको केही लाग्दैन भन्ने मलाई थाहा छ ।’

सामियाला परिवार नियोजन र कारितास नेपाल आदि संस्थामा आबद्ध छिन् । यो मियाँ गाउँमा कुनै अभिमुखीकरण या चेतनामूलक कार्यक्रम गर्नु पर्‍यो भने पहिले सामियालाको खोजी हुन्छ । परिवार नियोजन संघ झापाले विगत केही वर्षदेखि गाउँका महिलालाई परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे प्रोत्साहन गरिरहेको छ । यो अभियानमा पनि सामियालाको मुख्य भूमिका छ ।

विगतमा मुस्लिम महिलाहरू परिवार नियोजन गर्न मान्दैनथे । ‘अल्लाहका देन’ भन्दै बग्रेल्ती बच्चा जन्माउँथे । तर, विगत ५ वर्षयता यहाँको जन्मदरमा कमी आएको परिवार नियोजन संघ झापाकी कार्यालय प्रमुख सुजन काफ्लेले बताइन् । गाउँका करिब सय महिलाले परिवार नियोजनका विभिन्न अस्थायी साधन प्रयोग गरिरहेका छन् ।

‘मुस्लिम महिलाहरू र उनका परिवारलाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न सामियालाले नै विश्वस्त गरेकी हुन्’, काफ्लेले भनिन्, ‘उनी नभएको भए सम्भव थिएन ।’ सामियालाले केही समय अघि मुस्लिम महिलालाई प्रौढ शिक्षा पनि पढाइन् । महिला हिंसा र मानव अधिकारका सम्बन्धमा बेलाबेला अभिमुखीकरण गर्न पनि उनी गर्न भ्याउँछिन् ।

सामियालाका अनुसार गाउँमा सबैजसो अशिक्षित छन् । बेरोजगार छन् । यो गाउँको मुख्य स्रोत खेती किसान गरेर जीविका चलाउनु हो । शिक्षाको अभावले उनीहरू धर्मका नराम्रा पक्षलाई समेत प्रोत्साहित गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  तर, सामियालालाई यो सबै बेठीक लाग्छ।

कहिलेकाहीँ सम्झाउन खोज्छिन् तर उनको पराजय हुन्छ । यद्यपि विस्तारै धार्मिक अन्धविश्वास र कुरीति हट्दै जाने कुरामा उनी ढुक्क छिन् । ‘इस्लाम धर्ममा महिलाले पतिको नाम लिन मिल्दैन’, उनी भन्छिन्, ‘तर, हिजोआज महिलाहरू डराउँदै भए पनि पतिको नाम लिने साहस जुटाउन थालेका छन्।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement