Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य क्षेत्रको सुधारमा महिला शिक्षाको भूमिका

  |      21:07:00   |  
स्वास्थ्य क्षेत्रको सुधारमा महिला शिक्षाको भूमिका

 

      सिर्जना भण्डारी

काठमाडौं।  ऐतिहासीक पृष्ठभूमि हेर्ने हो भने विश्वका धेरैजसो समुदायहरुमा महिलाहरु शिक्षाको पहुँचबाट बन्चित थिए र केही हदसम्म अझै पनि छन्। तर हाल विश्वमै यो अवस्थामा उल्लेख्य परिवर्तन आएको छ र महिलाहरु पनि पुरुष सरह शिक्षाको ज्योतिबाट लाभान्वित  भएका छन्। यसो हुनुमा औपचारीक तथा अनौपचारीक दुवै शिक्षा पद्धतीको उल्लेख्य भूमिका रहेको पाइन्छ। जसले महिलाहरुलाई समाज तथा देशको आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रहरुमा पुरुष सरह अघि बढ्न मद्धत गरेको छ। महिलावादीहरु भन्छन् विश्व पित्रीसत्तावादी छ र महिला र पुरुष वीचको लैङगीक बिभेदको अन्तरद्धन्दमा रुमल्लीएको छ। पित्रीसत्तावादीहरु महिलाहरुलाई पुरुष सरह अधिकार तथा पहुँच दिनु हुदैन भन्छन् (Trueman, 2015) तर महिलावादीहरु यस्तो विभेदीत सोचको विरोध गर्छन् र यो गलत अवधारणलाई चिर्न पुरुष सरह सर्वप्रथम शिक्षामा पहुँच तथा अवसर प्रदान गर्नुपर्नेमा जोड दिन्छन्। उनीहरुको भनाइमा शिक्षा नै त्यस्तो हतियार हो जसले महिला र पुरुषवीच समानता ल्याउन मद्धत गर्दछ। 
 

 
एकपटक फ्रान्सका शासक नेपोलियन बोनापार्ट (सन १८०४–१८१४) लाई सोधिएको थियो की फ्रान्सको सबभन्दा ठूलो आवश्यकता के हो? जवाफमा उनले भनेका थिए “शिक्षित र तालीम प्राप्त महिला बिना राष्ट्रको प्रगती असम्भव छ, यदि मेरो देशका महिलाहरुलाई शिक्षा दिइएन भने देशका आधा जनसंख्या अशिक्षित र अज्ञानी रहनेछन्” (Nanda, 2016)। दुईसय भन्दा बढी वर्ष पुरानो यस भनाइबाट पनि छर्लङग हुन्छ की शिक्षा जीवनको ज्योती हो जसले मानिसलाई सभ्य र बुद्धीमान बनाउँछ। शिक्षाको माध्यमबाट सिकीएका ज्ञान तथा सीपहरु हम्रो दैनिक तथा ब्यवहारीक जीवनका लागि उपयोगी हुन्छन् र जीवन सहज बन्छ। साथै शिक्षाले हरेक विषयलाई फरक–फरक दृष्टिकोणबाट विश्लेषण गर्ने क्षमता प्रदान गर्ने र समग्र उत्तरदाइत्वको अनुभुति गराउने हुनाले हरेकको जीवनमा शिक्षामा पहुँच अनिवार्य रुपमा गराउनु अति आवश्क छ। समय समयमा आयोजना गरीएका अन्तराष्ट्रिय सम्मेलन तथा सम्झौताहरु जस्तै UDHR –१९४८, CEDAW –१९७९, EFA –१९९०, FWCW –१९९५, MDGs –२००० आदिले खासगरी मलिाहरुका लागि शिक्षाको महत्व तथा आवश्यकतामा जोड दिदै आइरहेका छन् (Roudi-Fahimi & Moghadam, 2003)। साथै बिभिन्न समयमा विश्वमा गरीएका थुप्रै सामाजिक अनुसन्धानका नतिजाहरुले पनि समाज तथा देशमा शिक्षाको सकारात्मक प्रभाव चौतर्फी रुपमा परेको देखाएका छन्। मानव जीवनका बिभिन्न पक्षहरु मध्य स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा शिक्षाले ल्याएको सकारात्मक प्रभाव उल्लेखनीय मानिन्छ जसले विश्वकै सामाजिक तथा आर्थिक क्षेत्रमा मननयोग्य परिवर्तन ल्याइदिएको छ।     
 
 
महिला शिक्षाले स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा आएका सकारात्मक सुधारहरु 
चेतना नै प्रगतीको जननी हो। स्वस्थ र सन्तुलित जीवन जीउनका लागि स्वास्थ्य तथा सरसफाइ सम्बन्धी चेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ र यस किसिमको चेतना शिक्षाको पहुँचबाट मात्र प्राप्त हुनसक्नेमा दुईमत छैन। सम्युक्त राष्ट्र संघको एक संस्था UNFPA –२००२ को रीपोर्टले देखाए अनुसार विश्वका ति विकासशील देशहरु जसले सामाजिक लगानी शिक्षा, स्वास्थ्य र परिवार नीयोजनमा लगाएका थिए, तुलनात्मक रुपमा यस किसिमको लगानी नगरेका विकासशील देशहरुमा भन्दा कम जनसंख्या बृद्धिदर र बढि आर्थिक बृद्धिदर पाइएको थियो। शारीरीक तथा मानसीक रुपले तन्दुरुस्त ब्यक्ति स्वस्थ हुन्छ तर तवमात्र स्वस्थ हुन सकिन्छ जव स्वास्थ्य र सरसफाइका उपयुक्त ब्यवहारीक पक्षहरु हम्रो दैनिक जीवनमा अपनाइन्छ। यी गतिविधिहरुमा विशेष गरी महिलाहरुको भूमिका उल्लेख्य रहने गर्दछ। बिभिन्न समयमा गरीएका अनुसन्धानका नतिजाहरुले महिलाहरुको शैक्षिक र चेतनाको स्तर जति बढ्दै जान्छ उतिनै उनीहरुले आफू तथा परीवारको स्वास्थ्य र सरसफाइमा बढी ध्यान दिएको देखाएका छन्। स्वास्थ्य तथा सरसफाइको सन्दर्भमा निम्न क्षेत्रहरुमा महिला शिक्षाले ल्याएको सकारात्मक परीवर्तन यसप्रकार रहेका छन्ः स्वास्थ्य र उपचार; प्रजनन् र स्वास्थ्य; सरसफाइ र स्वास्थ्य; पोषण र स्वास्थ्य; तथा वातावरण र स्वास्थ्य।
 
 
स्वास्थ्य र उपचारः बिगतको तुलनामा बिशेषगरी बिकाससील मुलुकका शहर र ग्रामीणस्तरमा स्वास्थ्य र उपचारको क्षेत्रमा उल्लेख्य सुधार आएको तथ्याङकहरुले देखाएका छन् र यस्ता उपलब्धि प्राप्तीमा औपचारीक तथा अनौपचारीक शिक्षाद्धारा महिलाहरुलाई प्रदान गरीएका साक्षरता तथा तालीम कार्यक्रमहरुको योगदान प्रमुख रहेकोछ। शिक्षित तथा सचेत महिलाहरु आफू तथा परीवारका सदस्य बिरामी हुँदा रोगको प्रकृति हेरेर सकेसम्म आराम गराएर तथा घरेलु उपचारबाट निको पार्ने कोशीस गर्दछन्। आराम नभए बिरामीको अवस्था बनुसार डाक्टर तथा स्वास्थ्यकर्मीलाई देखाउने, सल्लाह अनुसार सिफारीस गरीएको औषधी ख्वाउने गर्दछन्। यसका साथै उपचारका परम्परागत मूल्य–मान्यताहरु जस्तै पूजा–आजा, झारफुक तथा धामी–झाँक्रीको प्रचलन पनि कम हुँदै गएको पाइन्छ। उनीहरु स्वास्थ्य र उपचार सम्बन्धी सिकेका कुराहरुलाई नै बढी प्राथमिकता दिन थालेका छन्। यसका लागि महिलाहरु सम्बन्धीत पुस्तक, लेख, सुचना तथा पामप्लेटहरुबाट सिक्ने र ब्यवहारमा उतार्ने गर्दछन्। यसो गर्नाले उनीहरु प्राय दोहोरीरहने सामान्य मौसमी रोगहरु जस्तै सरुवा रोगहरु रुघा–खोकी, झाडा–वान्ता, घाऊ–खटीरा, एलर्जी, लु, सामान्य ज्वोरो आदी सकेसम्म लाग्न नदीनेबारे सचेत छन् र लागीहाले उपयुक्त उपचार गर्न सिपालु भएका छन्। यी बिमारीहरुको कारण, रोकथाम र उपचारबारे आफ्ना वालवालिका र अरुहरुलाई पनि सिकाउन तथा चेतना बाँड्न थालेका छन्। यसबाट भविश्यको पुस्ता स्वस्थ र चेतनशील हुनेछन् जुन समाज तथा देशकै लागि महिला शिक्षाद्धारा प्राप्त महत्वपूर्ण उपलब्धि हो। त्यस्तै महिला शिक्षा तथा सचेतनाका कारण वालवालिकाहरुलाई खोप लगाउने र औषधी तथा भिटामीन ख्वाउने काममा पनि उल्लेख्य वृद्धि भएको छ।
 
 
USAID ले २०११ मा नेपालमा गरेको स्वास्थ्य तथा जनसंख्या सर्भे अनुसार २३ महिना सम्मका ८७ प्रतिशत वालवाकिाहरुलाई खोप लगाइएको र औषधी तथा भिटामीन ख्वाइएको थियो। जसले शीशु तथा वाल मृत्युदर उल्लेख्य रुपमा घट्दै गैरहेको देखाउँछ, क्रमशः शीशु मृत्युदर १००० जीवीत जन्ममा ४६ जना (यो दर २००६ मा ६१ थियो) तथा वाल मृत्युदर १००० मा ५४ जना। तथ्याङक अनुसार शिशु तथा वाल मृत्युदर शिक्षित महिलाहरु भन्दा अशिक्षित महिलाहरुमा झन्डै दोब्बर पाइएको थियो। शिक्षित महिलाहरुमा शिशु तथा वाल मृत्युदर १००० मा ३७ जना पाइएको थियो भने अशिक्षित महिलाहरुमा यो दर १००० मा ६७ जना भएको तथ्याङकले देखाएको थियो। यी तथ्याङकहरुबाट नै यो छर्लङग हुन्छ की स्वास्थ्य क्षेत्रको सुधारका लागि महिला शिक्षाको महत्व कति र कस्तो छ भनेर। 

 

प्रजनन् र स्वास्थ्यः हरेक दृष्टिकोणबाट स्वस्थ र सन्तुलीत प्रजनन् परिवार, समाज तथा देशका लागि अति महत्वपुर्ण हुन्छ। यसका लागि प्रजनन् स्वास्थ्यसंग सम्बन्धीत सबै जानकारीहरु खासगरी महिलाहरुले जान्नु अति आवश्यक हुन्छ किनकी आमा बन्नु महिलाहरुका लागि प्रकृतिको वरदान हो जसले महिला स्वयं, परिवार, समाज तथा देशलाई पूर्ण बनाउँछ। प्रजनन् र स्वास्थ्य अन्तर्गत मातृ–शिशु कल्याण अर्थात गर्भ अवस्था, शिशुको हेरविचार, सुत्केरीको स्याहार, अस्थाइ तथा स्थाइ परिवार नीयोजन, यौनजन्य रोग तथा समस्याहरु आदि पर्दछन्। Roudi-Fahimi र Moghadam द्धारा २००३ मा मध्य एशियाका केही इस्लाकि मुलुकहरुमा गरीएको एक अध्ययनले अशिक्षित तथा कम शिक्षित महिलाहरुको तुलनामा शिक्षित महिलाहरुमा विवाह गर्ने उमेर, पहिलो वच्चा जन्माउने उमेर, वच्चा जन्माउने अन्तराल र संख्या आदिमा उल्लेख्य परिवर्तन आएको देखाएको थियो। USAID ले २०११ मा नेपालमा गरेको स्वास्थ्य तथा जनसंख्या सर्भे अनुसार नेपालमा पनि शिक्षित तथा सचेत महिलाहरुमा बिगतको तुलनामा प्रजनन् र स्वास्थ्यका क्षेत्रमा ब्यापक सचेतना र ब्यवहारीक परिवर्तन आएको तथ्याङकले देखाएको थियो। शिक्षित नवविवाहित महिलाहरु समेत आफ्नो वर्तमान र भविश्यलाई विचार गरेर वच्चा जन्माउने योजना बनाउने, परिवार नियोजनको अस्थाइ उपाय अपनाउने गरेका देखाएको थियो। तथ्याङक अनुसार १५ देखि ४९ वर्ष उमेर वीचका ९९ प्रतिशत महिलाहरु परिवार नियोजनको स्थाइ तथा अस्थाइ साधन बारे जानकार पाइएका थिए।
 
 
लगभग ५० प्रतिशत महिलाहरुले परिवार नियोजनको अस्थाइ साधन प्रयोग गरीरहेका, ५० प्रतिशत मध्य ४३ प्रतिशत महिलाहरुले आधुनिक अस्थाइ साधनहरुको प्रयोग गर्ने गरेको देखाएको थियो। तथ्याङक अनुसार शहर र ग्रामीण दुबै समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञानहरुलाई ब्यापक रुपमा ब्यवहारमा उतारीएको पाईएको थियो। परिणामस्वरुप महिलाहरुको प्रजनन्दर घटेर २.६ मा झरेको थियो, जवकी २००६ मा प्रजनन्दर ३.१ र २००१ मा ४.१ थियो। शिक्षित महिलाहरुमा प्रजनन्दर १.७ पाइएको थियो भने अशिक्षित तथा कम शिक्षित महिलाहरुमा ३.७ पाइएको थियो। त्यस्तै केन्द्रीय तथ्याङक विभाग को रायिट्रय जनगणना, २०११ अनुसार जनसंख्या बृद्धिदर पनि घटेर १.४ मा पुगेको थियो, जवकी २००१ मा जनसंख्या बृद्धिदर २.१ थियो।
 
 
अशिक्षित तथा कम शिक्षित महिलाहरुको तुलनामा शिक्षित महिलाहरुमा पहिलो बच्चा जन्माउने औषत उमेर ४ वर्ष बढी पाइएको थियो क्रमशः १९.७ र २३.७। यद्धपी नेपालमा ५५ प्रतिशत महिला र १९ प्रतिशत पुरुषको विवाह १८ वर्ष भित्रै हुने गरेको पाइएको छ तर शिक्षाको स्तर संगसंगै महिलाहरुको विवाहको औषत उमेर १६.६ बाट बढेर १८.५ पुगेको यस तथ्याङकले देखाएको थियो। त्यस्तै यस सर्भे अनुसार ६० प्रतिशत महिलाहरुले गर्भ अवस्थामा नियमित जाँच गराएका (२००६ मा ४४% थियो), बच्चा जन्माउन मिलेसम्म स्वास्थ्य संस्था गएका (३५%), नमिले डाक्टर, स्वास्थ्यकर्मी तथा तालीम प्राप्त सुडेनीको सहयोग लिएका (३६%) पाइएको थियो। साथै शिशु र सुत्केरीको स्याहारमा विशेष ध्यान दिन थालिएको, त्यस्तै यौनजन्य रोग, एच.आइ.भी बारे १५ देखि ४९ वर्ष उमेर वीचका लगभग ९९ प्रतिशत महिला सचेत र सतर्क रहेका देखाएको थियो। केन्द्रीय तथ्याङक विभाग, २०१४ अनुसार नेपाली महिलाहरुको औषत आयु पनि बढेर ६९.६ प्रतिशत पुगेको थियो। नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको यस किसिमको सुधारलाई सकारात्मक सामाजिक विकासका लागि महत्वपुर्ण फड्को मान्न सकिन्छ।

 

सरसफाइ र स्वास्थ्यः सन्तुलीत स्वास्थ्यका लागि सरसफाइ पहिलो आधारभुत आवश्यकता हो। यस अन्तर्गत शारीरीक सरसफाइ देखि खाने कुरा, लगाउने कुरा, भान्सा, घर–आँगन आदीको सरसफाइ पर्दछ। स्वास्थ्य सम्बन्धि गरीएका बिभिन्न अनुसन्धानहरुले स्वस्थ्य रहन सरसफाइमा महिला सचेतनाको महत्वपुर्ण भूमिका रहेको देखाएका छन्। अशिक्षित तथा कम शिक्षित महिलाहरुको तुलनामा शिक्षित महिलाहरु सरसफाइ र स्वास्थ्यका सम्बन्धमा बढि साबधानी अपनाउनुका साथै वालवालिका तथा परिवारका सदस्यहरुलाई शरीर सफा राख्ने, सफा कपडा लगाउने, सफा खानेकुरा खाने, खाना खानु अघि तथा ट्वाइलेट गए पछि साबुन पानीले हात धुने, आफ्नो वरपर सफा राख्नेबारे सिकाउन बढी सक्रीय पाइएका छन्। शिक्षित महिलाहरु दुषित पिउने पानी, बासी तथा सडेगलेका खानेकुरा, नछोपी राखीएको खानेकुरा आदीका  कारण स्वास्थ्यमा हुने समस्याबारे पूर्ण सचेत छन्।      

 

पोषण र स्वास्थ्यः स्वास्थ्य रहन पोषण र त्यसको उपयुक्त उपयोगको पनि उल्लेख्य भूमिका रहेको हुन्छ। स्थानीय स्तरमै हाम्रा वरपर पाइने पोषणयुक्त खाद्यवस्तुहरुलाई सन्तुलीत रुपमा प्रयोग गरेर हामी स्वस्थ्य र तन्दुरुस्त रहनुको साथै शरीरमा रोग लाग्न नदिन र हुनसक्ने साना–तिना बिमारीसंग लड्ने क्षमता समेत प्राप्त गर्न सक्छौं। थुपै अनुसन्धाका नतीजाहरुले अशिक्षित तथा कम शिक्षित महिलाहरुमा भन्दा शिक्षित महिलाहरुमा पोषण र स्वास्थ्य सम्बन्धि ज्ञान तथा सचेतना बढी भएको देखाएका छन्। शिक्षित महिलाहरुमा सन्तुलीत स्वास्थ्यका लागि पोषणको महत्व सम्बन्धि सचेतना भएको कारण उनीहरु आफू तथा आफ्नो परिवार (विशेषगरी वालवालिका र बृद्धबृदा)को पोषणयुक्त खानपानमा ध्यान पुर्याउँछन्। यस्ता खाद्यबस्तु उत्पादन गर्न रासायनिक मल, पकाउन तथा लामो समयसम्म टीकाउन औषधिको प्रयोग स्वास्थ्यका लागि हानीकारक हुन्छ भन्ने कुरामा पनि उनीहरु सचेत छन्। पोषण र स्वास्थ्य चेतनामा कमीको कारण बिगतमा बजारमा पाईने गुणस्तरहीन बनीबनाइ खाद्यबस्तुहरु खाने तथा ख्वाउने महिलाहरु हाल डाक्टर तथा पोषण विषेशज्ञहरुको सल्लाह र सुझाव  अनुसार हानीकारक मल तथा औषधीको प्रयोग नगरीएका स्थानीय उत्पादनहरु जस्तै ताजा तरकारी, फलफुल, दुध, अण्डा तथा अन्य खाद्यवस्तुको प्रयोग आफैंले आफ्नै भान्सामा तयार पार्न थालेका छन्। फुर्सद र जाँगर हुने महिलाहरु आफैं उत्पादन गर्ने र यसबारे जागरण फैलाउने काममा समेत समलग्न छन्।         

 

वातावरण र स्वास्थ्यः स्वस्थ जीवन जीउनको लागि हाम्रो वरपरको पर्यावरणीय वातावरण स्वच्छ हुनु अति आवश्यक हुन्छ। यसका लागी वातावरण दुषित हुने खालका गतिविधिहरुमा सुधार तथा नियन्त्रण गर्नु पर्दछ। यस सम्बन्धमा शिक्षित महिलाहरु निकै सक्रिय रहने गरेको नेपाल लगायत विश्वभरी गरीएका थुप्रै अनुसन्धानका नतिजाहरुले देखाएका छन्। केही दसक यता देखि नेपालका ग्रामीण महिलाहरुमा दिसा पिसाब ब्यवस्थापनका लागि ट्वाइलेट बनाउने, पिउने पानीको श्रोत सफा राख्ने, घर–आँगन तथा आफ्नो वरपर सफा राख्ने, गाउँघरमा आफू बस्ने घर र पाल्तु जनावरको गोठ एकै ठाउँमा नबनाउने, रासायकि तत्वको प्रयोग सकेसम्म नगर्ने, गर्नैपरे सावधानी पूर्वक गर्ने आदीका सम्बन्धमा पर्याप्त सचेतना बढेको पाइन्छ। नेपाल केन्द्रीय तथ्याङक विभागको राष्ट्रिय जनगणना, २०११ ले पनि ८४.४ प्रतिशत घरपरिवारमा शुद्ध पिउने पानीको पहुँच रहेको र ६१.२ प्रतिशत घरपरिवारले ट्वाइलेटको प्रयोग गर्ने गरेको तथ्याङक देखाएको थियो।
(सिर्जना भण्डारीको ब्लग पोस्टबाट  )
http://bsirjana.blogspot.com/2017/03/blog-post.html
 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement