पुष १०, काठमाडौं । बालबालिकाहरूको बौद्धिक क्षमता विशिष्ट भए नभएको भन्ने विषयमा विज्ञहरूको धारणा विभाजित छ। एकातर्फ मस्तिष्कसम्बन्धी वैज्ञानिकहरू, न्युरोसम्बन्धी मनोविज्ञहरूले औसत आइक्यू (बौद्धिक क्षमता) भन्दा माथि रहेका बालबालिका विशिष्ट हुने बताउँछन्।अर्कोतर्फ शिक्षाको क्षेत्रमा काम गर्ने विज्ञ तथा खेलकुद प्रशिक्षकहरूले त्यस्तो बौद्धिक विशिष्टताको गुण वृहत् भएको र कैयौँ क्षेत्रमा उच्च क्षमता भएका बालबालिकालाई पनि प्रतिभावान् मान्नुपर्ने बताइरहेका छन्। यो छलफल लामो समयदेखि चलिरहेको छ।
तर एउटा के कुरामा धेरैको सहमति छ भने बौद्धिकताको मापन गर्ने, आइक्यू टेस्ट, मा ९७ पर्सेन्टाइल भन्दा बढी अङ्क ल्याउने बालबालिकाहरू विशिष्ट हुन्छन्।
साओ पाउलोका ६ वर्षीय थिओ कोस्टा रिबेइरो एक जना त्यस्तै बालक हुन्। उनले ६ महिना छँदै पहिलो पटक शब्द उच्चारण गरेका थिए र १८ महिना पुग्दा आरामले वाक्यहरू बोल्न थालिसकेका थिए।
थिओका पिता इगोर रिबेइरोले भने, उसले एउटा शब्द देख्यो र हामीलाई त्यसको प्रत्येक अक्षरका बारेमा बताउन भनिरह्यो बारम्बार। तर उस्का प्रश्नहरू कुनै पनि अनावश्यक प्रकारका थिएनन्।
उनले आफ्नो परिवारले थिओलाई कुनै पनि काम गर्न जबर्जस्ती गर्ने नगरेको तर उनको कौतुहलतालाई कहिल्यै पनि बेवास्ता गर्ने नगरेको पनि बताए।
कोरोनाभाइरसको महामारीको समयमा अरू बालबालिकाले अक्षर चिनिरहँदा, त्यसबेला ३ वर्ष पुगिसकेका थिओले पढ्न, लेख्न र हिसाब गर्न सकिरहेका थिए।
सन् २०२१ को जुलाईमा उनी पुनः विद्यालयमा गए र त्यसपछि उनका अभिभावकलाई छलफलका लागि डाकियो।
कुराकानीका क्रममा उनीहरूलाई थिओको प्रस्तुति औसत भन्दा धेरै माथि रहेको भन्दै आइक्यू टेस्टका लागि सुझाव दिइएको थियो।
रिबेइरो सम्झन्छन्, त्यसपछि हामी न्युरो परामर्शदाताकोमा गयौँ जसले त्यो परीक्षण गरिन्। उनले एउटा प्रतिवेदन दिइन् जसले हामीलाई छक्क पार्यो किनकि त्यसमा थिओको तह विशिष्ट भन्दा माथि रहेको भनिएको थियो।
६ वर्षको उमेरमा नै किशोरको जस्तै बौद्धिक क्षमताु
ती विज्ञले पाँच वर्षको उमेरमा थिओमा १४ देखि १५ वर्षको व्यक्तिको जस्तै बौद्धिक र भावनात्मक चेतनाको स्तर रहेको निष्कर्ष निकालेकी थिइन्।
तर त्यसको अर्थ ती बालक अरू साधारण बालबालिका जस्ता छैनन् भन्ने होइन। उनी साथी बनाउन रुचि राख्छन्, खेल्छन्, विद्यालयमा शारीरिक शिक्षाका कक्षाहरू मन पराउँछन्।
विशिष्ट क्षमता भएका बालबालिका कसरी चिन्ने
अरू समान उमेरका बालबालिकाभन्दा धेरै कुरा जान्ने भएर मात्रै त्यस्ले विशिष्टतालाई परिभाषित गर्दैन। विशेष गरी आइक्यू मार्फत बौद्धिक क्षमता जाँच्ने जस्ता परीक्षणहरूले मात्रै त्यसबारे निर्णय गर्न सकिन्छ।
मनोपरामर्शदाता, न्युरोमनोपरामर्शदाता, शिक्षासम्बन्धी विज्ञ र विषयवस्तुका विज्ञहरूले यो परीक्षण गर्छन्।
के कारणले बच्चा विशिष्ट हुन्छन्रु
विज्ञहरूका अनुसार विशिष्ट बच्चाहरूको मस्तिष्कको केही भागमा ठूलो परिमाणमा बौद्धिकता सम्बन्धी तत्त्व धेरै देखिन्छ। त्यसले उनीहरूलाई साधारण भन्दा द्रुत रूपमा क्रियाशील बनाउँछ।
बौद्धिकता सम्बन्धी तत्त्वले फ्रन्टल कोर्टेक्सु र सोचलाई प्रभावित तुल्याउने संरचनाहरूलाई थप क्रियाशील बनाउँछ।
प्रतिभावान् व्यक्तिहरूको मस्तिष्क नै फरक हुन्छ त्यही भएर उनीहरू बढी बौद्धिक रूपमा विकसित हुन्छन्। उनीहरूको न्युरोनु ठूलो र प्रभावशाली हुन्छ, डाक्टर एब्रुले थपे।
बसन्तकुमार चौधरी वैशाख १०, काठमाडौं । नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज...
चैत १४, काठमाडौं ।आजकाल कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारको उपस्थिति उनीहरूले प्रदान...
फागुन ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै...
फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन्...
फागुन २, काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु...
माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला...
माघ २७, काठमाडौं । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको...
माघ २५, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अ...
माघ २०, काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा...