यशोदा अधिकारी
कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्याङ्कले देखाउँछन् । पछिल्लो समयमा बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि त भएको छ र त्यससँगै बालविवाहको क्रम पनि बढेको छ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाअनुसार नेपालमा ४१ प्रतिशत महिलाको बालविवाह हुने गरेको छ । त्यसमध्ये जम्मा ११ प्रतिशतमात्र केटाको बालविवाह हुने गरेको छ । हुन त बाल विवाहसम्बन्धी उजुरीहरू कमै मात्रामा पर्छन् । उजुरी परेको आधारमा बालविवाह हुने सङ्ख्या बढेको देखिनुले यो जनाउँछ कि उजुरी नपरीकन भएका बालविवाहको अवस्था डरलाग्दो नै छ । बालविवाह गराइदिने, बालविवाहका लागि दबाब दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेको छ । तर अझै मध्य तराई र सुदूरपश्चिमका जिल्लामा बालविवाह बढिरहेको छ ।
नेपालले बालविवाह रोक्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा पहल त गरेको छ तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । सन् २०१५ मा बेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । यस्ता अन्तर्राष्ट्रिय सहमति पत्रमा हस्ताक्षर गरेको सरकारले बालविवाह रोक्न भने सर्वसाधारणको पहुँचमा पुग्ने गरी कार्यक्रम ल्याएको छैन । जसले गर्दा जानेर वा नजानेर प्रत्येक वर्ष धेरै बालबालिकाको कलिलै उमेरमा विवाह हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बालविवाह हुँदै आएको छ । जसमध्ये बढी महिला नै छन् ।
एक गैरसरकारी संस्थाले गरेको गोरखा र सिन्धुपाल्चोकमा गरेको अध्ययनले अझै ग्रामीण वस्तीमा बालविवाह कायम रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बालविवाहका कारण परिवारमा विभिन्न समस्या उत्पन्न हुने, पढाइ छाड्नुपर्ने, स्वास्थ्यमा समस्या आउने र पारिवारिक बेमेलका कारण महिलामाथि चरम हिंसा हुने गरेको अध्ययनले देखाएको छ । गोरखा र सिन्धुपाल्चोकमा गरिएको यो अध्ययनले के देखाउँछ भने ग्रामीण भेगमा अभिभावकको करबलमा बालविवाह हुने गरेको छ । अध्ययनले सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समयमा सात वटामात्र बालविवाहका घटना दर्ता भएको देखाएको छ । उजुरीकै आधारमाभन्दा गत वर्षको तुलनामा बालविवाहको घटना कम हो तर उजुरी नपरेका बालविवाह कति भए होलान् ? सजिलै अनुमान गर्न सकिने अवस्था छ ।
रजस्वाला हुनुपूर्व विवाह गरिदिँदा पुन्य पाइने भन्दै अभिभावकले नै छोरीको बिहे चाँडै गराउने, गरिबी, अशिक्षा, धेरै सन्तान हुनु आदि बालविवाहका मुख्य कारण बनेका छन् । अध्ययनले ६ प्रतिशत बालविवाह परिवारको दबाबबाट भएको देखाएको छ । हुन त पछिल्लो पटक केटाकेटीको मन मिलेर भागी बिहे गर्ने प्रचलन बढेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार ३३ प्रतिशत बालविवाह भागेर हुने गरेकोे छ ।
केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ३८ प्रतिशतले बालविवाह गरेको जनाएको छ । विभागले हरेक १० वर्षमा बाल विवाहको तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ । सन् २०११ पछिको तथ्याङ्क त सार्वजनिक हुन बाँकी छ तर अनुमान के गर्न सकिन्छ भने पहिलाको तुलनामा बालविवाह बढेको छ । जनचेतना अभाव, गरिबीका कारण बालविवाह बढेको पाइन्छ कानुनले विवाह गर्ने न्यूनतम उमेर केटीका लागि १८ र केटाका लागि २० वर्ष तोकेको छ । तर हाम्रो समाजमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने युवायुवती धेरै छन् । अझ भन्ने हो भने सङ्ख्यात्मक रूपमा दक्षिण एसियामा सबैभन्दा बढी बालविवाह हुने गर्छ । दक्षिण एसियामा हुने ४२ प्रतिशत बालविवाह मध्ये भारतमा मात्रै ३३ प्रतिशत बालविवाह भएको पाइएको छ । यसले के देखाउँछ भने कानुन बनाएर र घोषणा गरेरमात्र हुँदैन, व्यवहारमा लागू भएन भने समस्या झन् बढ्दै जाने गर्दछ । दक्षिण एसियाका मुलुकमा बालविवाह गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बरमा छ ।
सबैभन्दा धेरै बालविवाह हुने मुलुकको रूपमा बङ्गलादेश पहिलो र भारत दोस्रो नम्बरमा छ । बालविवाह गर्ने चलन दक्षिण एसियामा मात्रै छैन । यस्ता चलन विश्वव्यापीरूपमै छ । युनिसेफले सन् २०१६ मा दक्षिण एसियामा बालविवाहबारे गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष १४ मिलियन ९अर्थात् १ करोड ४० लाख० बालबालिकाको बिहे १८ वर्षभन्दा कम उमेरमा हुन्छ । जसमध्ये ४६ प्रतिशत बालविवाह दक्षिण एसियाका देशमा हुन्छ । विश्वव्यापी रूपमा प्रत्येक तीन जना बालिकामध्ये एकजनाको बालविवाह हुन्छ भने दक्षिण एसियामा प्रत्येक दुई बालिकामध्ये एकको बालविवाह हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियामा सबैभन्दा बढी बङ्गलादेशमा ६५ प्रतिशत, भारतमा ४७ प्रतिशत, नेपालमा ४१ प्रतिशत र अफगानिस्तानमा ४० प्रतिशत बालविवाह हुने गरेको उक्त अध्ययनले देखाएको छ । नेपालमा हुने ४१ प्रतिशत बालविवाहमध्ये १० प्रतिशत बालबालिकाको विवाह १५ वर्षभन्दा पनि कम उमेरमा हुने तथ्य अध्ययनले देखाएको छ । २०६८ सालको जनगणनाअनुसार एक लाख ३८ हजार १५ बालबालिकाहरूको १० वर्ष नपुग्दै बिहे भएका छन् । त्यसमा एक लाख १५ हजार १५० बालिका छन् भने २२ हजार ८६५ बालक छन् । १० देखि १४ वर्ष उमेर समूहमा १३ लाख ६३ हजार १०७ जनाले विवाह गरेका छन् । त्यसमध्ये ११ लाख एक हजार २२३ जना बालिका छन् । बालक दुई लाख ६१ हजार २२३ जना छन् । १५ देखि १९ वर्ष उमेर समूहमा ४३ लाख ४० हजार ४९७ बालिकाको बिहे भएको छ । यो तथ्याङ्कले बालकभन्दा बालिकामा बढी बालविवाह हुने गरेको देखाउँछ ।
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...
चैत १८ काठमाडौं । जलेश्वरमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर...