साउन २९, मोरङ । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि...
साउन २९, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर...
साउन २९, बाँके । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् । नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन...
साउन २९, म्याग्दी । प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो लाग्ने गरेको छ । एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् । बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ ।...
साउन २८, काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई राम्रो प्रशिक्षण र विदेशी टोलीहरूसँग खेल अभ्यास गराउन सकेको खण्डमा आउने केही दशकमा उनीहरूले विश्वकपमा सहभागिता जनाउनसक्ने क्षमता रहेको नेपाली प्रशिक्षकहरूले बताएका...
साउन २९ काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा...
साउन २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताएकाछन्...
साउन २८, काठमाडौं । सञ्चार, सूचना र प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार र निजी क्षेत्रको संयुक्त सहभागिताले मात्र मुलुकको दिगो आर्थिक विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले...
►रमेश गिरी साउन २८, भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन्...
साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् । विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि...
साउन २८, सप्तरी । सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । जिल्ला सहकारी सङ्घका प्रबन्धक रमेशकुमार गुप्ताका अनुसार धान रोपाइँ गर्न डिएपी,...
साउन २८, काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक...
साउन २८, काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले...
साउन २८, सुर्खेत । गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई...
साउन २८, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । नेपाल...
साउन २८, राजविराज । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र...
साउन २८, धनुषा । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान...
साउन २५, बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना...
साउन २५, चितवन । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएकाछन् । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक...
साउन २५, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमानबाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया...
साउन २५, धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला...
साउन २५, मनाङ । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले गाउँमै फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर...
साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् । विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि...
साउन २५, काठमाडौं । अध्ययनपछि सहजै आकर्षक कमाइ हुने जागिर पाइने र घरमै बसिबसी काम गर्न समेत सकिने भएकाले सूचना तथा प्रविधि आईटी शिक्षातर्फ महिलाहरूको आकर्षण बढेको प्रविधि क्षेत्रमा कार्यरत महिलाहरूले बताएका छन्। विशेष...
साउन २५, काठमाडौं । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको...
साउन २४, काठमाडौं । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन शुरु गरेका छन् । यस अन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ...
साउन २४, रोल्पा । जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि...
साउन २४, बागलुङ । हिंसापीडितलाई सेवा दिन खुलेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी आफैँ थला परेको छ । धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र...
साउन २४, झापा । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने गरेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४/२०७५ मा ५१२...
कल्पना आचार्य– साउन २४, काठमाडौं सक्छ्यौ ? ए आमा फर्काइ देउ मेरा बालपनहरु तिम्रा काखमा निदाउन चाहन्छु को खाइ को खाइ नानी हाम् ११ तिम्रै हातबाट बुबुमाम खान चाहन्छु, आज फेरि तिम्रा रङ्गिन पोतेहरुमा झुन्डिएर तिनै...