Advertisement
Advertisement
Advertisement
Advertisement

साहसी बाल ‘सैनिक’

  |      15:39:00   |  
वेब तस्विर
वेब तस्विर

–विष्णुप्रसाद पोखरेल

फागुन १२, दमक । नेपाली सेनाको जस्तो पहिरन । भीआइपी आँउदा दिने सलामी पनि उस्तै । तर, उमेर १४र१५ वर्ष । बालबालिका पनि नेपाली सेनामा रु धेरै मान्छे उनीहरुलाई देख्दा यस्तै प्रश्न गर्छन् ।

 

 

तर उनीहरु सेना होइनन् । यद्यपि उनीहरु सेनाको झैं तालिमप्राप्त विद्यार्थी हुन् ।झापाको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा कक्षाका विद्यार्थीहरुले राष्ट्रिय सेवा दल अन्तर्गत तालिम लिएका छन् । तीनै मध्ये एक हुन् समिता कार्की ।उनी भन्छिन्, ‘हामी सेना होइनौं ।’ उनमा कसैले कुटपीट गर्न खोजे वा आक्रमण गर्न आए सहजै प्रतिकार गर्ने साहस छ ।

 

 

त्यतिमात्रै होइन कतै आपत पर्यो भने पनि उद्धार गर्न पुगिहाल्छिन् । समिति थप्छिन्, ‘हामी पढाइलाई असर नपुग्ने गरी ठूला कार्यक्रमहरुमा सहयोग गर्न, आपत पर्यो भने उद्धारमा पनि खटिन्छौ ।’समिताकै सहकर्मी हुन् आइशा राजवंशी राष्ट्रिय सेवा दलबाट तालिम लिएपछि उनमा पनि साहस निकै बढेको छ।‘आफूमाथि कसैले अब कुदृष्टि राख्ने र हिँसा गर्ने आँट गर्यो भने प्रतिकार गर्न सक्छु ।’ आत्मबलका साथ राजवंशीले सुनाइन् ।

 

 

कार्की र राजवंशी जस्तै १६ जना छात्राले राष्ट्रिय सेवा दलको तालिम लिएका छन्।झट्ट हेर्दा उनीहरुको व्यवहार पनि सैनिक झैं लाग्छ ।सैनिक होइनन् तर सैन्य तालिम भने लिएका छन् । राष्ट्रिय सेवा दलले विद्यालयल छनौट गरेर वा विद्यालयमा नै आएर र आवश्यकता अनुसार नजिकको सैन्य गणमा लगेर समेत तालिम दिने गरेको छ ।

 

 

२०२७ सालमा नै तत्कालिन राजा महेन्द्र शाहले राष्ट्रिय सेवा दल ऐन, २०२७ ल्याएका थिए । सोही ऐन अन्तर्गत राष्ट्रिय सेवा दल गठन भएको र त्यसैले यो कार्यक्रम चलाउँदै आएको हो ।ऐनको प्रस्तवानामा छात्रछात्राहरुमा नै बफादारीको भावना जागृत गराई राष्ट्रिय सेवा भाव विकसित गरी योग्य र अनुशासित नागरिक बनाउन र उनीहरुमा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम दिइने उल्लेख छ ।

 

 

विद्यार्थीहरुलाई नेपाली सेनाले शारीरिक तालिम, ड्रिल, सैनिक कला, हाईकिङ्ग, एरोविक्स, हतियारबारे जानकारी र साहसिक तालिम सिकाउने गरेको सहभागीहरुले बताए ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement