Advertisement
Advertisement
Advertisement
Advertisement

सहरसम्म ‘जुम्ली स्याउ’ को चर्चा

  |      16:57:00   |  
सहरसम्म ‘जुम्ली स्याउ’ को चर्चा

पुस २८, काठमाडौं। पहिले दुर्गमको परिचयले चिनिने जुम्ला अहिले सडक संजालको पहुँचसँगै समृद्धिको नमूना बन्दैछ। जिल्लाका गाउँहरूमा मोटर गुड्न थालेपछि यहाँको आर्थिक अवस्था मात्र होइन, गाउँलेहरूको दैनिकी पनि बदलिएको छ। स्याउको स्वादले किसानको जीवन मिठासिलो बनाएको छ। ठूला सहरसम्म ‘जुम्ली स्याउ’ को चर्चा फैलिएको छ।

‘पहिले कुहिन्थ्यो, अहिले लाखौं कमाइन्छ’

सिंजा गाउँपालिका–५, फुङ्ग्र गाउँका परिलाल रोकायाको कथा यस परिवर्तनको प्रमाण हो। यसपटक उनले स्याउ बेचेर ४ लाख ५० हजार रुपैयाँ कमाए। ‘पहिले गाउँमै स्याउ कुहिन्थ्यो, कहिलेकाहीं चाडबाडमा मात्रै खाने अवसर हुन्थ्यो। अहिले भने सडकले बजारसम्म पुर्‍यायो, व्यापारी घरमै आउँछन्, र मनग्य आम्दानी हुन्छ,’ उनले खुसी सुनाए।
परिलालको फोइचौरमा रहेको ५ हजार वर्गमिटर क्षेत्रफलको बगैंचामा ६५० स्याउका बोट छन्। यस वर्ष मात्रै उनले प्रति केजी ७० रुपैयाँमा स्याउ बिक्री गरे।

उक्त गाउँकै नर्मजङ रोकायाले सडक आउनुअघि खेप्नुपरेको उल्झन सम्झँदै भन्छन्, ‘पहिले एक दिन हिँडेर सदरमुकाम खलंगा पुर्‍याउनु पर्थ्यो। कहिले कुहिन्थ्यो, कहिले गाईभैंसीलाई खुवाउनु पर्थ्यो। अहिले त गाडीले घरमै आएर स्याउ बोक्छ, पैसा हातमै आउँछ।’
नर्मजङले यस वर्ष मात्र ४ लाख ३० हजार रुपैयाँका स्याउ बेचे। यस्तै, स्थानीय रामचन्द्र रोकायाले ४ लाख ४२ हजार, लालबहादुर रोकायाले १ लाख ७० हजार, र बमबहादुर रोकायाले २ लाख रुपैयाँको स्याउ बिक्री गरे।

सडकले न केवल स्याउलाई बजारसम्म पुर्‍यायो, यहाँका किसानको दैनिकी समेत फेर्दै लगेको छ। वडा नम्बर(५ का अध्यक्ष कृष्णबहादुर रोकायाले भन्छन्, ‘गाउँका उत्पादन ठूला सहरहरू नेपालगञ्ज, पोखरा, काठमाडौं पुर्‍याउन सहज भएको छ। स्थानीयहरू आत्मनिर्भर बन्दैछन्।’
फुङ्ग्र गाउँका ११५ घरधुरीमध्ये सबैले स्याउ खेतीबाट न्यूनतम ३० हजारदेखि ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।

यस वर्ष जुम्लाबाट ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ। कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन उत्पादन भएको छ।
स्याउ कुहिने समस्या समाधान गर्न सिंजा गाउँपालिकाले ‘स्याउको जाम, अचार र सस्स’ बनाउन कृषकहरूलाई तालिम दिएको छ। उद्योग विकास शाखाका प्रमुख नर्मजङ रोकायाका अनुसार खेर गएका स्याउको सदुपयोग गरी किसानलाई थप आम्दानी गर्ने योजना बनाइएको छ।

जुम्लामा रेड, रोयल, गोल्डेन, र उच्च घनत्वका स्याउ उत्पादन भइरहेका छन्। स्वादिलो र पोषणयुक्त भएकाले ‘जुम्ली स्याउ’ को माग देशभर छ।

सडक विस्तारले गाउँलेहरूको मात्र होइन, जुम्लाको पहिचान पनि फेरिदिएको छ। अब ‘जुम्ली स्याउ’ न केवल यहाँका किसानको गर्व हो, यसले समृद्धिको नयाँ अध्याय पनि लेखिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement