Advertisement
Advertisement
Advertisement
Advertisement

सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड

  |      19:38:00   |  
वेब तस्विर
वेब तस्विर

►सुशील दर्नाल/सञ्चिता घिमिरे 
फागुन २३, काठमाडौं । लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । 


दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । सरकार र विभिन्न राजनीतिक दलहरुले समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा महिला र पुरुषको समान ज्याला वा समानताको रुपमा हेरिएको सो दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 


दिवसको अवसरमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी तीनै तहका सरकार, संवैधानिक निकाय, नागरिक समाज, सङ्घ संस्था, विकास साझेदार सबैसँग समन्वय गरिएको छ, “अन्तर्राष्ट्रिय महिला दिवसका नाराहरु सामाजिक सचेतनामूलक सन्देश प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मार्च ८ का दिन बिहान नारा एसएमएस मोबाइल म्यासेज पठाउने व्यवस्थाका लागि नेपाल टेलिकमलाई पत्राचार गरिसकिएको छ”, सहसचिव शर्माले भन्नुभयो । 


महिला अधिकारकर्मी कला स्वर्णकारले महिला हिंसा अन्त्यका लागि भएका कानूनको प्रभावकारी कार्यान्यवनसँगै देशैभरि सचेतना कार्यक्रम फैलाउनुपर्नेमा जोड दिनुभयो । दिवस मनाउन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने प्रयोजनार्थ रेडियो नेपालमार्फत् आह्वान गरिएको छ । सामाजिक सचेतना बढाउने उद्देश्यले महिला दिवसको नारा लेखिएको पिन तथा स्टिकरलाई यातायातको साधनमा राखी प्रसार सामग्रीको समेत निर्माण गरिएको छ । 


महिलाविरुद्ध हुने असमानता र भेदभावको व्यवहार, जहाँ महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्यबीच भिन्नता अर्थात् महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्यनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसँगै महिलाको मानव अधिकारप्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ ९भोलि शुक्रबार० का दिन विश्वभर महिला दिवस मनाइँदै आएको छ । 


सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्वारा लिखित ‘अ भेन्डिकेशन अफ द राईट अफ ओमन’ सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकार र लैङ्गिक समानताका लागि आधारशिला तयार गरेको देखिन्छ । महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । 


त्यसपछि संयुक्त राष्ट्रसङ्घबाट महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नेसम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसैबीचमा चार वटा विश्व महिला सम्मेलन भइसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्र पहिचान गरेर सोही आधारमा नेपालको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भइरहेका छन् । 


प्रतिनिधिसभाका सांसद लक्ष्मी परियारले समृद्ध नेपाल निर्माण गर्ने हो भने सबैभन्दा पहिला मुलुकमा व्याप्त महिला हिंसा अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 


नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ । महिला हिंसा अन्त्यका लागि संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने सांसद परियारको भनाइ छ । 


महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले महिला हिंसा अन्त्यलगायतका विषयमा समितिले गम्भीरताका साथ काम गरिरहेको छ भन्नुभयो । दिगो विकासको सूचीको लक्ष्य नं ५ मा लैङ्गिक समानता र बालिका सशक्तीकरण रहेको र उक्त लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्मको कार्ययोजना बनाई कार्यान्वयन भइरहेको छ । 


विश्वभर सामाजिक जागरण ल्याउने उद्देश्यले मनाइने सो दिवस मनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको अध्यक्षतामा मूलसमारोह समिति र अन्य समितिसमेत गठन गरिएको छ । समितिको निर्णयले विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रम आयोजना गरी देशैभरि मनाउने गरी आवश्यक समन्वय गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । 


मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरिने र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा राष्ट्रिय सभागृहमा मूल समारोहको कार्यक्रम आयोजनामा गरिएको छ । प्रभातफेरी बिहान भृकुटीमण्डपबाट शुरु भएर बागबजार, पुतलीसडक, पद्ममकञ्य क्याम्पस हुँदै पुनःभृकुटीमण्डपमा पुगेर समापन हुने छ । दिवस ९८ मार्च० लाई सफल बनाउन मन्त्रालयले सहयोगका लागि समेत सबैसँग आग्रहसमेत गरेको छ । 


महिलाको क्षेत्रमा सरकारको उल्लेख्य काम 

सरकार गठन भएको एक वर्षभित्रमा महिलाको क्षेत्रमा उल्लेख्य काम भएको छ । नेपाल सरकारबाट प्रत्येक वर्षको नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान दिवसका रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । देशैभरि २०७५ मङ्सिर ९ गतेदेखि २६ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन गरिएको थियो । लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको कार्यक्षेत्र, २०७५ कार्यान्वयनमा ल्याइएको छ । महिला हिंसाविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलनसम्बन्धी महासन्धिको ७१ औँ अधिवेशनमा नेपालले पे्रस गरेको प्रतिवेदनका मुद्दाको सूचीको जवाफसहित सरकारको धारणा प्रस्तुत गरिएको छ । 


विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिलालाई सामाजिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दै त्यसको दायरालाई विस्तार गरेको छ । सरकारले महिला, बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धानका लागि १४ भवन निर्माण सम्पन्न गरेको छ । त्यसैगरी लैङ्गिक हिंसा निवारणका लागि ६५ महिलालाई संस्थागत विकास पुनर्ताजगी प्रशिक्षण, ५० किशोरीको बहुआयामिक विकास कार्यक्रम रुपान्तरण प्रशिक्षण, १४ जनालाई छ महीने मनोसामाजिक विमर्शकर्तालगायतका तालीम प्रदान गरिएको छ । 


त्यसैगरी संस्थागत रुपमा हवाई उद्धार कार्यक्रम शुरु गरी हुम्ला र दोलखा जिल्लाको दुर्गम भेगका गर्भवती महिला र नवजात शिशुलाई उपचारका लागि हवाई उद्धार गरिको सहसचिव शर्माले जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement