Advertisement
Advertisement
Advertisement
Advertisement

विकटमा महिलाको सहकारी, सिंगो गाउँका महिला सदस्य

  |      15:21:00   |  
विकटमा महिलाको सहकारी, सिंगो गाउँका महिला सदस्य

माघ ७, काठमाडौं। इलामको माङसेबु गाउँपालिका– १ गजुरमुखीकी कमला बुढाथोकीले ०५७ देखि सामाजिक परिचालिकाका रूपमा काम गर्दै आएकी छिन् । सामाजिक परिचालिका भएर काम गर्दा उनले महिलामाथि भएको हिंसा देखिन् । 

तत्कालीन गजुरमुखी गाउँ विकास समिति इलामको विकटमध्ये एक थियो । महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा अघि बढाउँदै एकै ठाउँमा उभ्याउने माध्यम सहकारी हुन सक्ने उनको बुझाइ रह्यो । अनि ०५७ मा ३० महिला भेला पारेर सहकारी दर्ताका लागि नागरिकतासँगै तीन सय संकलन गरिन् । र, त्यतिखेर दर्ता गरेर सञ्चालनमा ल्याएको महिला गजुरमुखी बचत तथा ऋण सहकारीले २१ वसन्त पार गरेको छ । सुरुमा ३० महिलाले महिनाको १० रुपैयाँ बचतबाट थालेको सहकारीको कारोबार दुई करोड पुगेको छ । सदस्य संख्या ६१४ पुगेका छन् ।

‘यो हाम्रो नियमित मिहिनेतको फल हो । हामी सफल हुँदै गएका छौँ,’ संस्थापक अध्यक्षसमेत रहेकी बुढाथोकीले नयाँ पत्रिकासँग भनिन्, ‘साबिक सिंगो गजुरमुखी गाविस ९हाल माङसेबुङ– १० का महिला यहाँ आबद्ध छन् । कम्तीमा प्रत्येक घरबाट एकजना छन् । गाउँभरिमा करिब नौ सय महिला छन् । तीमध्ये ६१४ यो सहकारीमा आबद्ध छन् ।’ यो सहकारीका सबै सदस्य महिला मात्र हुन् ।

महिला गजुरमुखी सहकारीले अहिले बचत गर्ने र ऋण दिने काम मात्र गर्दैन । गाउँका महिलामा आर्थिकसँगै सामाजिक, राजनीतिक रूपले सशक्तीकरण गर्ने काम पनि गरिरहेको छ । ‘हाम्रो पहिलो उद्देश्य नै महिलालाई सशक्तीकरण गर्ने हो । महिलाको सशक्तीकरणका लागि हामीले महिला हिंसाविरुद्धको तालिम आयोजना गर्ने, महिला हिंसाविरुद्धमा खबरदारी गर्ने काम गरिरहेका छौँ,’ कमला भन्छिन्, ‘महिलालाई कृषि तथा पशुपालनमा पनि सहयोग गरिरहेका छौँ । बाख्रापालन, गाईपालनलगायत पशुपालनमा सहुलियतमा ऋण दिएका छौँ । जसले महिलालाई पुरुषमा निर्भर हुनेभन्दा आत्मनिर्भर हुन सिकाएको छ । आज केही गर्न थोरै पैसा पनि श्रीमान्लाई माग्नुपर्ने बाध्यता हटेको छ । यसले हामीलाई खुसी दिलाएको छ ।’ सहकारीले कफीखेती तथा बेसारखेतीलाई पनि प्रवद्र्धन गरेर विकट गाउँमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको छ । 

सहकारीको ऋणबाट आयआर्जनमा महिला
सहकारीमा अबद्ध भएपछि माङसेबुङ– १ गजुरमुखीकी विमला बराल सापकोटा खुसी छिन् । गाउँमै पशुपालन, खेती गरेर पनि उनको परिवार चलेको छ । १६ वर्षदेखि महिला गजुरमुखी सहकारीमा आबद्ध भएकी उनलाई सहकारीले पशुपालन तथा खेतीमा सहयोग गरिरहेको छ । ‘केही समयअघि सहकारीबाट पाँच हजार रुपैयाँ ऋण लिएर बाख्रा पालन गरेँ । पाँच हजारमा माउबाख्रा किनेँ । यसले २५ हजार आम्दानी भयो । हामीलाई सहकारीले आत्मनिर्भर बन्न सहयोग गरेको छ,’ उनी भन्छिन्, ‘सहकारीले अब बेसारलाई ब्रान्डिङ गर्ने लक्ष्य लिएको छ । १८ केजी बेसारको बिउ लगेको छु । एक रोपनीमा लगाएको छ । सहकारीलाई पछि नौ केजी मात्र बिउ फिर्ता दिए हुन्छ । बेसार राम्रो भयो भने झापासम्म लगेर यसको व्यापार गर्न सकिन्छ ।’ सहकारीमा बसेर उनी आत्मनिर्भर मात्र भएकी छैनन्, महिलामाथि हुने हिंसाबारे बुझेकी छिन् । त्यसको विरोध गर्न जानेकी छिन् । कतै गएर आफ्ना कुरा निर्धक्क राख्न सक्ने भएकी छिन् । ‘महिला हिंसाबारे तालिम भएको छ । यो सहकारीको राम्रो काम हो,’ उनी भन्छिन्, ‘हामीले गाउँमा बसेर अहिले पनि नियमित बचत गर्न पाएका छौँ । सबै गाउँका महिला मिलेर खोलेको सहकारी भएकाले भाग्छ कि बचत डुब्छ कि भन्ने डर पनि छैन ।’

माङसेबुङ– १ गजुरमुखीकै विष्णुमाया बुढाथोकी पनि १५ वर्षदेखि महिला गजुरमुखी सहकारीको सदस्य छिन् । उनले सुरुमा मासिक ५० रुपैयाँ बचत गर्थिन् । अहिले मासिक दुई सय रुपैयाँ बचत गर्छिन् । सहकारीकै सहयोगमा गाईपालन र बाख्रापालन गरेकी छिन् । त्यहाँबाट आएको आम्दानीले उनको घर खर्च टरेको छ । ‘सहकारीले हामीलाई आत्मनिर्भर बनाउन ठूलो काम गरेको छ । केही गर्नुपर्‍यो भने ऋण दिन्छ । जसले हामीलाई सहज बनाएको छ,’ उनी भन्छिन् । 

संस्थाले यहाँका महिलाको आर्थिक उन्नतिका लागि काम गरिहेको संस्थाकी अध्यक्ष डिकमाया लुहागुन बताउँछिन् । कृषि तथा पशुपालनमा संस्थाले गजुरमुखीका महिलालाई आत्मनिर्भर बनाउने पहिलो लक्ष्य रहेको उनी सुनाउँछिन् । ‘हामीले यहाँका महिलाको आवश्यकतालाई हेरेर लगानी गरेका छौँ । सहकारी यत्रो संकटमा पर्‍यो । तर, हाम्रो राम्ररी चलेको छ,’ उनी भन्छिन्, ‘पशुपालन, कृषि र व्यापारमा लगानी गरेका छौँ । इलाम एग्रो र माङसेबुङ गाउँपालिकाको सहकार्यमा बेसारलाई ब्रान्डिङ गर्ने अभियान सुरु गरेका छौँ । गत वर्ष हामीले १३ सय केजी बेसारको बिउ वितरण गर्‍यो । जसबाट आधा बिउ उत्पादनपछि हामीलाई किसानले दिन्छन् । त्यो बिउ अरूलाई पनि दिएर बेसारखेतीको विस्तार गर्ने योजना छ ।’ 

यद्यपि, यहाँका महिलाले उत्पादन गरेको कृषि उत्पादनको बजार भने अभाव रहेको उनले बताइन् । ‘यहाँका महिलाले उत्पादन गरेको कृषिजन्य सामग्री अहिले त दमकतिरबाट आउनले घरबाटै लैजान्छन्, तर स्थायी बजार छैन,’ उनले भनिन्, ‘बजारको व्यवस्थापनमा पनि अब हामीले काम गर्नुपर्नेछ । यसका लागि अब हामी गाउँपालिकासँग पनि सहकार्य गर्छौँ ।’ संस्थामा गाउँका करिब नौ सय महिलालाई नै सहकारीसँग जोड्ने लक्ष्य रहेको उनी बताउँछिन् । 

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले विकट गाउँ गजुरमुखीमा महिला गजुरमुखी सहकारीले उदाहरणीय काम गरेको बताए । ‘यो सहकारीले विकट गाउँको आर्थिक उन्नतिमा पनि भूमिका खेलेको छ । स्वास्थ्य शिविर, विपत्मा परेको सेयरधनीलाई सहयोग गरिरहेको छ,’ उनले भने । गाउँपालिकाले सहकार्य गरेर महिलाको सहकारीलाई बलियो बनाएर अघि बढ्ने उनले बताए । गत वर्ष पनि सहयोग गरेका छौँ । पालिकाको तर्फबाट गर्ने काम हामी गर्नेछौँ,’ अध्यक्ष राईले भने ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement