Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सिस्नुको पाउडर बनाई बिक्री

  |      13:38:00   |  
 महिला सिस्नुको पाउडर बनाई बिक्री

पुस १९, काठमाडौं। त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्। 

सिस्नुको पात टिपेर, पानीमा सफा गरी घाम र सोलारमा सुकाएर धुलो बनाई ब्रान्डिङ गरेर उनीहरूले बिक्री गर्दै आइरहेका छन्।

खेर गइरहेको सिस्नुलाई सदुपयोगमा ल्याउन महिलाले २०७९ सालबाट ब्रान्डिङ गरेर बिक्री गर्न थालेका हुन्। पारिवारिक निजी वन सङ्घ नामक संस्थाले उनीहरूलाई सिस्नुको पाउडर बनाएर बिक्री गर्न तालिम दिएको थियो। 

घरव्यवहार, मेलापातको कामसँगै फुर्सदको समयमा सिस्नु टिपेर महिलाले आम्दानी लिँदै आएका हुन्। लाटुकी ५६ वर्षीय जुनीमाया थामीले फुर्सद र सिजनका बेला सिस्नुको धुलो बनाई बिक्री गर्दा वार्षिक एक लाख रुपियाँ हाराहारीमा कमाइ हुने गरेको बताइन्।  

उक्त आम्दानी बालबच्चाको पठनपाठन र घरायसी प्रयोजनमा खर्च गरी बचत पनि गर्दै आएको उनले जानकारी दिए।  सिस्नु टिपेर ब्रान्डिङ गरी बिक्री गर्दा परिवारको घरखर्च, छोराछोरीको शिक्षादीक्षाका साथै आपत्विपत्मा काम लागेको ५० वर्षीय वसन्ती थामीले बताइन्। उन जस्तै १० जना महिलाले सिस्नु टिपेर पाउडर बनाई बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्।

उनीहरूले गाउँमै सामूहिक फार्म दर्ता गरी सिस्नुलाई ब्रान्डिङ गरेर बिक्री गर्दै आएका छन्। सिस्नुको पाउडर अर्गानिक, ताजा, स्वादिलो भएकाले राजधानीमा माग उच्च रहेको उनीहरू बताउँछन्।

गाउँमै उत्पादन भएको धनियाँ, जिरा, लसुनको धुलो हालेर सिस्नुलाई पाउडर बनाएकाले माग बढेको उनीहरूको अनुभव छ। उनीहरूका अनुसार सिस्नुको पाउडर किलोको छ सय रुपियाँमा बिक्री हुँदै आएको छ। थामी महिलाले गरेको उक्त कामको अनुसरण गाउँघरका अन्यले पनि गर्न थालेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement