Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह न्यूनीकरण चुनौतीपूर्ण बन्दै

  |      23:32:00   |  
symbolic photo
symbolic photo

►भेषराज बस्नेत 

फागुन २७, राँझा । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा बाँकेमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । 


मधेशी तथा मुसलमान समुदायको बाहुल्य रहेको बस्तीमा सानै उमेरमा विवाह गरिदिने संस्कार अभैm हट्न नसकेकाले बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलाई यो प्रचालनले चुनौती थपेको हो । 


नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका संयोजक शोभा शाहले शिक्षित, सचेत र राजनीतिक नेतृत्व गर्ने घरपरिवारमा समेत लुकीछिपी बालविवाह हुने गरेको बताउनुभयो । 


“हामी घरदैलोमा गएर सम्झाउँछौँ विभिन्न गोष्ठी तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ, हाम्रा कार्यक्रमकै सहभागीहरुले पनि बालविवाह गर्ने र गराउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “जबसम्म सानै उमेरमा विवाह गरिदिने परम्परामा परिवर्तन आउँदैन तबसम्म हाम्रा अभियानले मात्रै बालविवाह न्यूनीकरण गर्न कठिन हुन्छ ।” 


बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकारी र सामाजिक सङ्घसंस्थाको मात्र हो कि भन्ने सोचाइमा समेत परिवर्तन हुनुपर्नेमा जोड दिँदै संयोजक शाहले सामाजिक अगुवा, धर्मगुरु र राजनीतिक दलका नेता सबैको सहयोगविना यस्ता सङ्घसंस्थाले मात्रै बालविवाह न्यूनीकरण गर्न नसक्ने बताउनुभयो । 


उहाँका अनुसार एक वर्षको अवधिमा नेपालगञ्जमा मात्र ३८ बालविवाह भएको छ । सबै बालविवाह जानकारीमा नआएकाले यो सङ्ख्या अझै बढ्न सक्ने शाहको भनाइ थियो । बाँकेमा बाल विवाहविरुद्ध क्रियाशील गैरसरकारी संस्था९स्याक०का अध्यक्ष शिवलाल पाण्डेले सामाजिक परम्परा र मान्यतालाई परिवर्तन गर्न समय लाग्ने भएकाले बालविवाह रोक्न नसकिएको बताउनुभयो। “बालविवाहविरुद्धका अभियानमा भाषण गर्ने व्यक्ति नै सुटुक्क बालविवाह गराउँछन्, अरुको के कुरा गर्ने रु”, पाण्डेले भन्नुभयो, “सामाजिक परम्परा र मान्यता एकैसाथ परिवर्तन नहुने हुँदा मानिसको सोचमा परिवर्तन ल्याउनाका साथै समाजलाई पनि सचेत बनाउने काम भइरहेको छ ।” 


उहाँका अनुसार घरपरिवारमा अभिभावकहरूको बेमेल, अभिभावक वैदेशिक रोजगारमा गएका र गरीब परिवारमा बालविवाह हुने गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपाल–भारतबीच वैवाहिक सम्बन्धका कारण पनि जिल्लामा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको बताउनुभयो । 


नेपालबाट भारतमा लगेर विवाह गर्ने गरेका कारण बालविवाह न्यूनीकरण गर्न कठिन भएको उहाँको भनाइ थियो । नगरप्रमुख राणाले बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना महत्वपूर्ण कुरा भएकाले मधेशी तथा मुसलमान छात्रालाई लक्षित गरी छात्रा विद्यालय सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । 

 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा १९, २०७४/७५ मा २५ ले बालविवाह गरेका छन् । चालू आर्थिक वर्षको हालसम्म १६ को बालविवाह भएको पाइएको छ । प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले परम्परागत मान्यता, अशिक्षा, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौतीका रुपमा रहेको बताउनुभयो । 
मुसलमान तथा मधेशी समुदायमा सानै उमेरमा विवाह गरिदिने परम्परा अझै छ । मुसलमान धर्मगरु मौलाना अब्दुल जब्बार मञ्जरीले इस्लाम धर्ममा बालविवाहमा छुट नभएको बताउनुभयो । पुरानो परम्पराका कारण बालविवाह हुने गरे पनि यसमा कुनै धार्मिक कारण नरहेको उहाँको भनाइ थियो । 

 

 

मोबाइल र फेसबुक सहयोगी 

बालविवाहको सङ्ख्या बढाउन मोबाइल र सामाजिक सञ्जाल फेसबुक पनि सहयोगी भएको पाइएको छ । बालबालिकाले पनि को मोबाइल र फेसबुकको प्रयोग गर्न थालेकाले यस्ता गतिविधि रोक्न क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलाई यसले अर्को समस्या बढाएको छ । 
 

 

बालविवाहविरुद्ध गठित बाल क्लबका पदाधिकारी नै सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने गरेका उदाहरण छन् । 
“पहिला घरपरिवारले जबर्जस्ती बालविवाह गरिदिन्थे, अहिले बालबालिका आफँै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन् ।” सिविन नेपाल नेपालगञ्ज शाखाका प्रमुख सिद्धराज पनेरुले भन्नुभयो, “ बालविवाहका सङ्ख्या नघटेको हेल्पलाइनको फोनमा दिनप्रतिदिन यस्ता गुनासो आइरहनाका साथै यसले घरेलु हिंसा, बहुविवाहदेखि आत्महत्याको अवस्थासम्ममा पु¥याउने गरेको छ भन्नुभयो । 

 

 

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सामाजिक मूल्य, मान्यता र अन्धविश्वासलाई परिवर्तन गर्दै बालबिवाहमुक्त गाउँपालिका बनाउन अभियान शुरू गरेको बताउनुभयो । “बालबिवाह न्यूनीकरण लागि गाउँपालिका भित्रका विद्यालय शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समितिका पदाधिकारीसँग अभिमुखीकरण गरिएको छ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “बालबिवाहमुक्त बनाउने यस अभियानमा सबैले सहमति पनि जनाएकाले सफलता प्राप्त गर्न सकिन्छ ।” 
 

 

बालविवाह रोक्न किशोरी क्लब 
बालविवाह न्यूनीकरणका लागि क्रियाशील संस्था स्याक नेपालले जिलाकोे आठवटै स्थानीय तहमा किशोरी क्लब गठन गरेको छ । स्थानीय तहमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखासँगको सहकार्य र समन्वयमा उक्त क्लब गठन गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो । 

 

 

क्लबले प्रत्येक स्थानीय तहका वडास्तरमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्ने र बालविवाह रोक्न क्रियाशील हुने जानकारी दिँदै उहाँले क्लबमा आवद्ध सदस्यलाई बालविवाहका घटनाको निगरानी गर्न र बालविवाहको सम्भावित क्षेत्रलाई नक्साङ्कन गरी योजना बनाउनका लागि सीप सिकाइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement