Advertisement
Advertisement
Advertisement
Advertisement

न्यायिक समितिमा उजुरी बढ्दै

  |      18:44:00   |  
न्यायिक समितिमा उजुरी बढ्दै

असार ३, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की ५८ वर्षीया मैती चौधरी आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँलाई आफ्नै छोराबुहारीले विगत केही वर्षदेखि घरमा बस्न नदिएर निकै तनावमा हुनुहुन्थ्यो । उहाँ कहिले आफन्तसँग त कहिले छोरीको घरमा बस्दै आउनुभएको थियो ।

स्थानीयवासीले आफ्नै छोराबुहारीले गरेको दुव्र्यवहार देखेपछि तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा जान सल्लाह दिए । उहाँले समितिमा गएर आफ्ना सबै कुरा राख्नुभयो । छोराबुहारी दुवैलाई बोलाएर छलफल गराएपछि उनीहरु दुवैले आफूहरुबाट गल्ती भएको र अब त्यस्तो नगर्ने भनेर घरमा ल्याए । “अहिले खानलाउन पनि दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अहिले घरमा नाति हेरर बस्छु, छोराबुहारीले मजदुरी काम गर्छन्, अहिले खुशी छु ।” 

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्षको हालसम्म कूल ९२ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका संयोजक तथा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले साउनदेखि जेठ ३० गतेसम्म ९२ उजुरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये ६६ फर्छयोट भएका छन् भने बाँकी २६ उजुरी अध्ययनका क्रममा छन् ।

न्यायिक समितिमा आउने मुद्दामा सबैभन्दा बढी खानलाउन नदिएको, घरभाडा, ज्यालामजदुरी, जग्गा विवाद, बाटोघाटो, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिका सदस्य जानुका रेग्मीले जानकारी दिनुभयो । “विवाद लिएर नागरिक न्यायिक समितिमा उजुरी लिएर आउनुहुन्छ, हामीले दुवै पक्षलाई राखेर मेलमिलाप नीतिबाट मुद्दा मिलाउने गरेका छौँ, दुवै पक्ष यहाँबाट खुशी भएर जाने गर्नुहुन्छ”, संयोजक आचार्यले भन्नुभयो ।

उपमहानगरपालिकामा छुटै इजलास कक्ष, विज्ञ कर्मचारी भएका कारण आफूहरुलाई काम गर्न सजिलो भएको आचार्यले बताउनुभयो । बाँकी रहेका प्रायः सबै मुद्दा प्रक्रियागत रहेको र छिट्टै टुङ्गिने बताउनुहँुदै उपप्रमुख आचार्यले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ, गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ ।” संयोजक आचार्यले न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ तथा तुलसीपुर उपमहानगरपालिकाको मेलमिलापसम्बन्धी कार्यविधि, २०७५ पनि पारित भई कार्यान्वयनमा रहेको पनि जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement